रुस र युक्रेन युद्ध : अटोक्षेत्रमा ठुलो असर पर्ने सम्भावना, कारको मूल्यमा समेत वृद्धि हुने

युक्रेनमा रुसको आक्रमणले विश्वका विभिन्न क्षेत्रमा धेरै नराम्रो असर परिरहेको छ । यसको असर अटोक्षेत्रमा पनि परेको छ । अटो निर्माता फक्सवागन, रेनो र टायर निर्मातालगायत धेरै कम्पनीहरूले युक्रेनमा रूसको आक्रमणपछि आफ्नो उत्पादन हालको लागि बन्द गर्ने वा सार्नु पर्ने योजनाहरू प्रस्तुत गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले बिहीबार रुस विरुद्ध व्यापक निर्यात प्रतिबन्धको घोषणा गरेको छ । कमर्सियल, इलेक्ट्रोनिक्स र कम्प्युटरदेखि सेमीकन्डक्टर र विमानका लागि आवश्यक पार्टपुर्जासम्मका अत्यावश्यक वस्तुहरूको विश्वव्यापी निर्यातमा कम गरको छ । यसबाट विभिन्न कम्पनीले उत्पादन योजनाहरू परिवर्तन गर्न वा वैकल्पिक आपूर्ति खोज्न सक्नेछन् ।

कोभिड–१९ का कारण विश्वव्यापी सेमीकन्डक्टरको अभावका कारण अटो उद्योग पहिलेदेखि नै कडा आपूर्तिसँग जुधिरहेको थियो । यस्तो अवस्थामा रुसको युक्रेनमाथिको आक्रमण निकै घातक सावित भएको देखिन्छ । यो युद्धको असर विश्व अर्थतन्त्रमा पर्न सक्ने अनुमान गरिएको छ । किनभने युक्रेन र रुसले यस्ता धेरै वस्तु उत्पादन गर्छन्, जसको विश्वव्यापी निर्यात गरिन्छ ।

रुस र युक्रेनले सेमीकन्डक्टर निर्माणका साथसाथै महत्वपूर्ण ग्यासँ र धातुहरू उत्पादन गर्छन् । डिसेम्बर २०२१ मा कच्चा तेलको मूल्य प्रति ब्यारेल ६८.८७ डलर थियो, जुन अहिले प्रति ब्यारेल १०० माथि बढेको छ । बिहीबार कच्चा तेलको मूल्य प्रति ब्यारेल १०५.२५ पुगेको छ ।

यी दुबै देशमा इलेक्ट्रिक कार र यसमा प्रयोग हुने ब्याट्रीहरु ठूलो मात्रामा उत्पादन हुने गर्छ । यो युद्धका कारण इलेक्ट्रिक सवारी साधन र त्यसमा प्रयोग हुने ब्याट्रीमा पनि नराम्रो असर पर्नेछ । जसको कारणले गर्दा सवारी साधनको मूल्य पनि बढ्ने सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरू

एम्पियर बन्यो भारतको पाँचौ ठूलो इलेक्ट्रिक स्कुटर ब्रान्ड, पहिलोपटक ओलालाई उछिन्यो

एम्पियर बन्यो भारतको पाँचौ ठूलो इलेक्ट्रिक स्कुटर ब्रान्ड, पहिलोपटक ओलालाई उछिन्यो

ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले ओला इलेक्ट्रिकभन्दा बढी इलेक्ट्रिक स्कुटर...

इलेक्ट्रिक कार बिक्रीमा तीव्र प्रतिस्पर्धा, भारतमा कुन कम्पनी कति अगाडि ?

इलेक्ट्रिक कार बिक्रीमा तीव्र प्रतिस्पर्धा, भारतमा कुन कम्पनी कति अगाडि ?

भारतमा इलेक्ट्रिक कारको बिक्री निकै प्रतिस्पर्धात्मक बनिरहेको छ । टाटा...

काठमाडौंको ठूलो भ-याङमा खुल्याे इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम

काठमाडौंको ठूलो भ-याङमा खुल्याे इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम

काठमाडौं – विद्युतीय सवारीको प्रयोगमा उत्साहजनक वृद्धि भइरहेका बेला,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...