प्योर ईभीका इलेक्ट्रिक स्कुटर किन्दा नगद छुट देखि आईफोन र स्कुटर सम्म उपहार पाइने
काठमाडौं – भारतको हैदराबादमा उत्पादन भएको दुई पांग्रे विद्युतीय...
युक्रेनमा रुसको आक्रमणले विश्वका विभिन्न क्षेत्रमा धेरै नराम्रो असर परिरहेको छ । यसको असर अटोक्षेत्रमा पनि परेको छ । अटो निर्माता फक्सवागन, रेनो र टायर निर्मातालगायत धेरै कम्पनीहरूले युक्रेनमा रूसको आक्रमणपछि आफ्नो उत्पादन हालको लागि बन्द गर्ने वा सार्नु पर्ने योजनाहरू प्रस्तुत गरेका छन् ।
संयुक्त राज्य अमेरिकाले बिहीबार रुस विरुद्ध व्यापक निर्यात प्रतिबन्धको घोषणा गरेको छ । कमर्सियल, इलेक्ट्रोनिक्स र कम्प्युटरदेखि सेमीकन्डक्टर र विमानका लागि आवश्यक पार्टपुर्जासम्मका अत्यावश्यक वस्तुहरूको विश्वव्यापी निर्यातमा कम गरको छ । यसबाट विभिन्न कम्पनीले उत्पादन योजनाहरू परिवर्तन गर्न वा वैकल्पिक आपूर्ति खोज्न सक्नेछन् ।
कोभिड–१९ का कारण विश्वव्यापी सेमीकन्डक्टरको अभावका कारण अटो उद्योग पहिलेदेखि नै कडा आपूर्तिसँग जुधिरहेको थियो । यस्तो अवस्थामा रुसको युक्रेनमाथिको आक्रमण निकै घातक सावित भएको देखिन्छ । यो युद्धको असर विश्व अर्थतन्त्रमा पर्न सक्ने अनुमान गरिएको छ । किनभने युक्रेन र रुसले यस्ता धेरै वस्तु उत्पादन गर्छन्, जसको विश्वव्यापी निर्यात गरिन्छ ।
रुस र युक्रेनले सेमीकन्डक्टर निर्माणका साथसाथै महत्वपूर्ण ग्यासँ र धातुहरू उत्पादन गर्छन् । डिसेम्बर २०२१ मा कच्चा तेलको मूल्य प्रति ब्यारेल ६८.८७ डलर थियो, जुन अहिले प्रति ब्यारेल १०० माथि बढेको छ । बिहीबार कच्चा तेलको मूल्य प्रति ब्यारेल १०५.२५ पुगेको छ ।
यी दुबै देशमा इलेक्ट्रिक कार र यसमा प्रयोग हुने ब्याट्रीहरु ठूलो मात्रामा उत्पादन हुने गर्छ । यो युद्धका कारण इलेक्ट्रिक सवारी साधन र त्यसमा प्रयोग हुने ब्याट्रीमा पनि नराम्रो असर पर्नेछ । जसको कारणले गर्दा सवारी साधनको मूल्य पनि बढ्ने सम्भावना रहेको छ ।
काठमाडौं – भारतको हैदराबादमा उत्पादन भएको दुई पांग्रे विद्युतीय...
फिलिपिन्समा इलेक्ट्रिक भेइकलको नयाँ ब्रान्ड सेरेस पहिलो पटक प्रवेश गरेको...
टाटा मोटर्सले एस इलेक्ट्रिकको भारतमा डेलिभरी शुरु गरेको छ । यो इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...