१६० किलोमिटरसम्म रेन्ज दिने कोमाकीको नयाँ इलेक्ट्रिक स्कुटर डिटी ३००० नेपाली बजारमा
कोमाकी विद्युतीय स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक...
इलेक्ट्रिक सवारी साधन निर्माता ईभी इन्डियाले इलेक्ट्रिक टु ह्वील सेगमेन्टमा नयाँ मोडल सोल लन्च गरेको छ । सो मोडल मंगलबार नयाँ दिल्लीमा लन्च गरिएको थियो । सो ई–स्कुटरले फुल चार्जमा १२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । स्कुटर ३ देखि ४ घन्टामा १०० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको टप स्पिड ६० किमी प्रतिघन्टा छ । नयाँ ईभी सोल स्कुटरको मूल्य १ लाख ३९ हजार भारु राखिएको छ ।
कम्पनीले भविष्यलाई ध्यानमा राखेर हाई स्पिड इलेक्ट्रिक सवारी साधनको क्षेत्रमा प्रवेश गरेको हो । ईभी इन्डियाको लन्चिङको शुभारम्भमा कम्पनीका सह–संस्थापक र निर्देशक हर्षवर्धन दिडवानियाले भविष्यको लागि स्वच्छ, सुरक्षित र दिगो ऊर्जा स्रोत सुनिश्चित गर्नको लागि ई–स्कुटर उत्पादन सुरू गरेको जानकारी दिएका छन् ।
ईभी इन्डियाले ईभी इन्डियाको हाई स्पिड टू–व्हीलर उत्पादनको लागि शोध, अनुसन्धान, डिजाइन, उत्पादन, रणनीतिक साझेदारी, सप्लाई चेन र साझेदारीमा करिब ८० करोड भारु लगानी गरेको छ ।
ईभी सोल एक पूर्ण लोडेड हाई स्पिड स्कूटर हो । यसको अन्य फिचरमा एन्टी थेफ्ट लक सिस्टम, जीपीएस नेभिगेसन, यूएसबी पोर्ट, कीलेस एक्सपेरियन्स, रिभर्स मोड, सेन्ट्रल ब्रेकिङ सिस्टम, जियो ट्यागिङ र जियो फेन्सिङ समावेश गरिएको छ । सो स्कुटरमा तीन वर्षको वारेन्टी दिइएको छ । स्कूटरमा एड्भान्स लिथियम फेरस फस्फेट ब्याट्री सुसज्जित छ । जसलाई परिवर्तन गर्न र छुट्याउन सकिन्छ ।
कम्पनीले २०२७ सम्ममा २० लाख इलेक्ट्रिक भेइकल निर्माण गर्ने लक्ष्य राखेको छ । ईभीको म्यानुफ्याक्चरिङ युनिट १०० एकड क्षेत्रफलमा फैलिएको छ । इलेक्ट्रिक सोधनको म्यानुफ्याक्चरिङ प्लान्टमा निर्माण, परीक्षण, भेइकलको एसेम्बलिङ र लाइन टेस्टिङको लागि इको सिस्टम उपयोग गरिएको छ । कम्पनीसँग १०० भन्दा बढी डिलर र ५० सब–डिलरहरूको नेटवर्क छ ।
भारतमा उत्पादन भएका अधिकांश उत्पादन नेपाली बजारमा समेत उपलब्ध हुने भएकाले भविष्यमा यो स्कुटर पनि नेपालमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
कोमाकी विद्युतीय स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक...
चिनियाँ इलेक्ट्रिक सवारी निर्माता कम्पनी एक्सपेङले आफ्नो उत्पादन...
काठमाडौं– लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...