सर्भिस सेन्टर संचालनमा ल्याउँदै सिजी मोटर्स, छिट्टै २४ स्थानमा चार्जिङ स्टेशन निर्माण हुने
अवको केही हप्ता भित्रै नेटा इलेक्ट्रिक कारको सर्भिस सेन्टर संचालनमा आउने...
इटालियन व्राण्ड इकोविटका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएका छन् । हिजो सम्पन्न नेपाल इभी एक्सपोमा सार्वजनिक गरिएका यी स्कुटर दुई मोडलमा उपलब्ध रहेको आधिकारिक वितरक ग्लोवल सेभेन प्रालिले वताएको छ । यसका आर३ र आर३ प्रो मोडल उपलब्ध छन् ।
एक्स्पो स्थलबाट वुकिङ खुल्ला गरिएको यी स्कुटरको औपचारिक बिक्री केहि दिनबाट शुरु हुने कम्पनी स्रोतको भनाई छ । यी दुई स्कुटरमध्ये आर३ मोडलमा ६० भोल्ट ४० एम्पिएर आवरको लिथियम आयोन व्याट्री र ३ किलोवाट क्षमताको वोस्क मोटर जडान गरिएको छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गर्दा ९० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यो स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी आर३ प्रोमा ७२ भोल्ट ३२ एम्पियर आवरको डवल व्याट्री तथा ४ किलोवाट क्षमताको मोटर जाडन गरिएको छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गर्दा १८० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाई छ । यसमा पनि वोस्क व्राण्डको मोटर जडान गरिएको हो । यसको मूल्य नेपाली बजारमा ५ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यी दुवै स्कुटरमा डवल डिस्क व्रेक, फुल डिजिटल डिस्प्ले, किलेस स्टार्ट, एलईडी लाइट्स जस्ता फिचर उपलब्ध छन् । यसको मोटर, व्याट्री र चार्जरमा ग्राहकले २ वर्षसम्मको वारेन्टि पाउनेछन् ।
अवको केही हप्ता भित्रै नेटा इलेक्ट्रिक कारको सर्भिस सेन्टर संचालनमा आउने...
काठमाडौं – नेपालमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेको नेपाल आयल निगमले...
काठमाडौं – पछिल्लो समयमा विशेष गरी इलेक्ट्रिक स्कुटरका मल्टी ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...