पेरिस मोटर शोमा पानीमा तैरिने कार देखि विश्वकै पहिलो एआई प्रयोग भएको कार सम्म प्रदर्शन

पेरिस अटो शो २०२४ आयोजना भइरहेको छ । उक्त शोमा यस्तो उच्च प्रविधिले सुसज्जित नयाँ कार लन्च गरिएको छ, जुन पानीमा तैरने, चीलले जस्तै टाढाको खतरा महसुस गर्न सक्ने र ३६० डिग्री घुमाउन सकिन्छ । युरोपको चर्चित अटो शोमा ५० कम्पनीले आ–आफ्ना कार प्रदर्शन गरिरहेका छन् । चीनको एक्सपेङगले यस मोटर शोमा पी७प्लस सेडान ईभी लन्च गरेको छ । यो संसारको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स कार हो । चीनले पेरिस मोटर शोमा विश्वसामु दुई ठुला कार प्रस्तुत गरेको छ ।

चीनको एक्सपेङग पी७प्लस सेडान ईभीको सबैभन्दा ठुलो विशेषता भनेको ईगल आई भिजन हो, जुन साधारण क्यामेराको तुलनामा धेरै सटीकताका साथ लामो दूरीको जानकारी प्रदान गर्न सक्षम छ । सो कारमा जडान गरिएको क्यामेराले २ वटा फुटबल मैदानको दूरी बराबरको क्षेत्र समेट्न सक्छ । यस्तो अवस्थामा सो कारले चालकलाई जामलगायतका सबै खतराबारे सचेत गराउँछ ।

सो गाडीमा ६०.७ किलोवाट र ७६.३ किलोवाट क्षमताको दुई वटा ब्याट्री प्याक दिइएको छ, जसले ६२० देखि ७१० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले याङवाङ यू८ प्लगइन हाइब्रिड एसयूभी पनि ल्याएको छ । सो कारको सबैभन्दा ठुलो विशेषता भनेको यो पानीमा तैरिन सक्छ । यदि कुनै कारणले सो कार बाढीमा फस्यो भने, यो ३० मिनेटसम्म तैरिन सक्छ। यसबाहेक, यसले साइडवे पार्किङलाई पनि सजिलो बनाउँछ । सो कारमा स्याटेलाइट फोन र टाढाका वस्तु पत्ता लगाउन ड्रोन पनि जडान गरिएको छ ।

यसका साथै यस मोटर शोमा अन्य धेरै उत्कृष्ट कारहरू पनि प्रस्तुत गरिएको छ, जसले कार प्रेमीहरूलाई आफ्ना विभिन्न विशेषताहरूले मोहित पारेको छ ।

सम्बन्धित समाचारहरू

चीनमा लन्च भयो लिपमोटर बी१०, एक घण्टामै १५ हजार बढी बुकिङ

चीनमा लन्च भयो लिपमोटर बी१०, एक घण्टामै १५ हजार बढी बुकिङ

चाइनिज एनईभी ब्रान्ड लिपमोटरले चीनमा लिपमोटर बी१० कम्प्याक्ट इलेक्ट्रिक...

भारतमा संघीय बजेट २०२६ प्रस्तुत, भारतीय अटो र नेपालका लागि खुसीका खबर

भारतमा संघीय बजेट २०२६ प्रस्तुत, भारतीय अटो र नेपालका लागि खुसीका खबर

भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आइतबार फेब्रुअरी १ मा प्रस्तुत...

भिनफास्टको विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

भिनफास्टको विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

भियतनामी कार निर्माता कम्पनी ‘भिनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...