शनिबार इन्टरनेसनल फिमेल राइड डे, सिन्धुलीगढी सम्म महिला मोटरसाइकल -याली हुने
काठमाडौं – ‘इन्टरनेसनल फिमेल राइड डे’ को अवसरमा आगामी शनिबार महिला...
काठमाडौ इन्जिनियरिङ्ग कलेजका दुई विद्यार्थी सहित चार सदसीय नेपाली टिम फर्मुला वान इन स्कुल्सको फाइनल खेलको अध्ययनको लागि आज सिंगापुर प्रस्थान गर्दैछन् । नेपाल अटामोवाइल्स एसोसिएसनले अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए)को सहयोगमा गत वर्षदेखि संचालन गरेको फर्मुला वान इन स्कुल्स इन नेपाल अभियान अन्तर्गत सो टिम सिंगापुर प्रस्थान गर्न लागेको हो ।
काठमाडौ इन्जिनियरिङ्ग कलेजका आर्किटेक्ट इन्जिनियरिङका चौथो वर्षका अस्मिता बगाले र समिक्षा नेपालले सो अवसर प्राप्त गरेका हुन् । टिममा सोही कलेजका विभागीय प्रमुख ई. राजन लामा व्यवस्थापकका साथै लिगल गार्जियनको रुपमा रहेका छन् । नेपाल अटोमोबाइल्स संघका ई–स्पोर्ट कमिसनका सदस्य ई. प्रवेश पौडेल सो फाइनलको जुरि टिममा रहेका छन् जो आजै टिमसँगै सिंगापुर प्रस्थान गर्नेछन् ।
काठमाडौ इन्जिनियरिङ्ग कलेजका सहायक प्रिन्सिपल सैलिता जोशी लगायत विभागीय प्रमुखहरु, संघका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष अनिल बराल, मार्शल कमिसनका प्रमुख यदुराज लामिछाने लगायत अधिकारीहरुले उनीहरुलाइ कलेजबाट बिदाई गरे ।
यही सेप्टेम्बर १० देखि १२ सम्म सिंगापुरमा फर्मुला वान इन स्कुल्स फाइनल राउन्डमा विश्वका ६० भन्दा धेरै देशका विद्यार्थीहरु सहभागी हुनेछन् । जहाँ फर्मुला वान कारको डिजाइनिङ्ग र स्पीडिङ्ग, ट्रयाकको ले–आउट, इनोभेसन र टिम बिल्डिङ जस्ता विषयहरूको प्रतिस्पर्धा हुनेछ ।
फर्मुला वानमा प्रत्यक्ष सहभागी हुन नसक्नेहरुलाई मात्रै होइन, सक्नेको लागि पनि पहिलो खुड्किलो समेत यस कार्यक्रम र प्रतियोगितालाई मानिन्छ ।
नेपाल जस्तो देशमा महिला (गर्ल्स) विद्यार्थीलाई सहभागी गराई संचालन भइरहेको यस अभियानलाई एफआईए तथा फर्मुला वानले समेत उच्च प्रशंसा गरेका छन् । दुई वर्षे यस अभियानको मुख्य पार्टनरको रुपमा काठमाडौंमा इन्जिनियरिङ कलेज रहेको हो ।
काठमाडौं – ‘इन्टरनेसनल फिमेल राइड डे’ को अवसरमा आगामी शनिबार महिला...
काठमाडौं – फेडरेसन इन्टरनेसनल डेल मोटोसाइक्लिजम – एफआईएमको सहयोगमा नासा...
काठमाडौँ – नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा गत शुक्रबार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...