बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नयाँ वर्ष २०२१ पश्चात अटो कम्पनीहरु पेट्रोल र डिजेल इन्जिनको स्थानमा इलेक्ट्रिक मोबिलिटीमा केन्द्रित भएका छन् । हालै टोयोटा र सुजुकीले सहकार्यमा २०२१ को अन्तसम्ममा सानो इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरेका छन् । हुन्डाईले नयाँ प्लेटफर्ममा आधारित इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । जसको रेन्ज ५०० किलोमिटर सम्मको हुनेछ ।
जापानी कार निर्माता कम्पनी सुजुकी र टोयोटाले साझेदारी गरेका छन् । टोयोटाले बलेनोको रिब्याज्ड भर्सनको ग्लेन्जा निर्माण गरेको छ । केही महिना पहिलो अर्बन क्रुजर पनि सोही ब्याज स्वेपिङ एक्सरसाइजको माध्यमले लन्च गरेको थियो । सो कार निकै राम्रो बिक्री भएको थियो ।
यसको साथै टोयोटाको पोर्टफोलियोमा इनोभा क्रिस्टा र फरच्युनर पनि स्थानीय स्तरमा उपलब्ध रहेको छ । रिपोर्टका अनुसार मारुती सुजुकी र टोयोटाको साझेदारीमा टोयोटा रेन्जको प्लेटफर्ममा आधारित मिड साइज एसयूभीमा काम भइरहेको छ ।
सो कार अर्काे वर्ष लन्च हुने सम्भावना रहेको छ । सो कार हरेक ब्रान्ड प्रिफरेन्सको साथमा विकसित गरिनेछ । सो कारको हुन्डाई क्रेटा, किया सोनेट, निसान किक्स, टाटा हेरियर, एमजी हेक्टर जस्ता मिड साइज एसयूभीसँग प्रतिस्पर्धा हुनेछ ।
मिडिया रिपोर्टका अनुसार टोयोटाले ५६०बी कोडनेमको सानो कार विकसित गरिरहेको छ । सो कार २०२२ को सुरुवातमा लन्च गर्ने सम्भावना रहेको छ । यो इलेक्ट्रिक कार हुनेछ । टोयोटा एमपीभी कारमा पनि काम गरिरहेको छ । सो कार महिन्द्रा माराजोसँग प्रतिस्पर्धा गर्नेछ । सो कार २०२१ मा लन्च गरिने छ ।
हुन्डाई कम्पनीले पनि एक टप टियर ग्लोबल इको–फ्रेन्डली ब्रान्ड बनाइरहेको छ । हालै रिलिज भएको इलेक्ट्रिक भेइकल प्लेटफर्म, ई–जीएमपीमा आधारित साधन लन्चको साथै आकर्षक इको–फ्रेन्डली मोबिलिटीका विकल्प प्रदान गर्ने योजना बनाइरहेको छ ।
२०२० डिसेम्बरमा हुन्डाई कम्पनीले नयाँ इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्म (ई–जीएमपी) प्रस्तुत गरेको थियो । हुन्डाईका अनुसार ई–जीएमपीमा आधारित ईभीले फुल चार्जमा ५०० किलोमिटर भन्दा बढी रेन्ज प्रदान गर्नेछ । यसको साथै यसको व्याट्री १८ मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ साथै ५ मिनेटको चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।
सो कार विशेषगरी पावर्ड भेइकलको लागि डिजाइन गरिएको थियो । नयाँ आर्किटेक्टमा अन्य प्लेटफर्मको तुलनामा कैयौ सुविधा समावेश गरिएको छ । सो कारमा लगेजको लागि अधिक इन्टेरियर स्पेस पनि रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...