रिकन्डिसन अटो व्यवसायीको शुभकामना आदान प्रदान सम्पन्न
काठमाडौं – नेपाल रिकन्डिसन अटो व्यवसायी संघको आयोजनामा हिजो दसै...
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवस्थित वर्कशपहरुमा डस्टबिन वितरण गरेको छ ।
एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले डस्टबिन वितरण कार्यको शुभारम्भ गरे । सो अवसरमा नगर प्रमुख गिरीले चन्द्रागिरी नगरपालिका काठमाडौं उपत्यकाको नाका भएको र यहीबाट वर्कशप लगायत विभिन्न क्षेत्रको सरसफाइ शुभारम्भ हुनु राम्रो भएको बताए । उनले मेकानिक्सहरुको समस्या समाधानका लागि नगरपालिका सदैव तयार रहेको बताए ।
संघका अध्यक्ष दिपेन्द्र बहादुर बुढाथोकी, प्रमुख सल्लाहकार दीपक खड्का र निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटो मेकानिक्स पेशा व्यवसायलाई फोहर बनाउने पेशाको रुपमा समेत मानिने गरेको अवस्थामा मेकानिक्सहरु आफै सफा र स्वच्छ हुने अभियानमा लाग्नु पर्ने र यसका लागि डस्टबिनले केही सहयोग गर्ने बताए ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानमा रहेका करिव २ सय वर्कशपहरुमा डस्टबिन प्रयोग गरिने छ । सेल लुब्रिकेन्टको आधिकारिक वितरक एपीआई बिजनेस प्रालि र बामरोल लुब्रिकेन्टको आधिकारिक वितरक कन्काई आयल सप्लायर्सले डस्टबिन प्रायोजन गरेको हो ।
विश्व वातावरण दिवसको अवसरमा संघले यसरी डस्टबिन वितरण गरेको जनाएको छ ।
काठमाडौं – नेपाल रिकन्डिसन अटो व्यवसायी संघको आयोजनामा हिजो दसै...
लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ। चीनसँगको...
एयर फिल्टर कुनै पनि सवारी साधनका लागि धेरै महत्वपूर्ण हुन्छ । एयर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...