बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – आगामी बैशाख १० गते पी–० नामक मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरिरहेको यात्री मोटरसाइकल्सले पी–१ नामक ड्युअल स्पोर्ट मोटरसाइकलको लागि पनि कार्य गरिरहेको बताएको छ ।
सामाजिक सञ्जालमार्फत पी–१ को तस्बिर सार्वजनिक गर्दै यात्री मोटरसाइकल्सले नेपाली सडकका लागि उपयुक्त यो मोटरसाइकल उत्पादनमा निरन्तर लागिरहेको जानकारी दिएको हो । हलुका र उपयुक्त सस्पेन्सन सहित नेपाली सडकका लागि उपयुक्त यो मोटरसाइकल धेरै राइडरहरु माझ पु¥याउने योजना रहेको बताइएको छ ।
सामाजिक सञ्जालमा राखिएको तस्बिर पश्चात धेरै प्रतिक्रिया प्राप्त भएका छन् । कतिपयले यसको डिजाइन उपयुक्त भएको बताएका छन् भने कतिपयले केही परिमार्जन गर्न सुझाव दिएका छन् ।
पी–० लाई जस्तै पी–१ लाई पनि ग्राहकले उत्तिकै मन पराउने अपेक्षा यात्री मोटरसाइकल्सले गरेको छ ।
पी–० भने आगामी बैशाख १० गते सार्वजनिक गरिने छ । सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिने सो मोटरसाइकलले ४८ किलोवाट अर्थात ६४ एचपीको पावर दिने बताइएको छ । पी–० नाम समेत दिइएको सो मोटरसाइकल महंगो हुने भनिए तापनि यसको मूल्य अहिले नै सार्वजनिक गरिएको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...