विराटनगरस्थित टाटा च्याम्पियन जोन वंगलामुखी मोटर ट्रेडर्सले ल्यायो दशैं अफर
सिप्रद्धि अटो पार्ट्सको विराटनगरस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन...
काठमाडौं– सवारीसाधनको खपत बढेसंगै नेपाली बजारमा पछिल्लो समय विभिन्न ब्रान्डका स्पेयर पार्ट्स आयत हुने क्रम वढिरहेको छ । सोही क्रममा डीएस मोटरले भारतको प्रख्यात स्पेयर पार्ट्स उत्पादक कम्पनी स्विस अटो प्रा.लि. को उत्पादन नेपाल ल्याएर बिक्री गर्दै आएको छ । कम्पनीले हाल टु–ह्विलर र थ्री ह्विलरमा प्रयोग हुने अटो इलेक्ट्रिक एवं इलेक्ट्रोनिक्स अन्तर्गत वायरिङ हार्नेस र ब्लिंकर जस्ता उत्पादन आयत गरी कारोवार गर्दै आएको हो ।
कम्पनीका संचालक शम्भु साहका अनुसार नेपाली बजारमा स्तरिय पार्ट्सको माग उच्च रहेको छ । ‘सुलभ मूल्यमा स्तरिय पार्ट्स खरिद गर्न चाहने ग्राहकको भावनलाई वुझेर हामीले भारतको प्रख्यात ब्रान्ड स्विस अटो प्रालीको उत्पादन नेपाल ल्याउने निर्णय गरेका हौं । यो ब्रान्ड नेपाल आएपछि ग्राहकले कम मूल्यमै स्तरिय पार्ट्स खरिद गर्न पाएका छन्’ उनले भने ।
स्विस अटोले भारतमा विगत ४ दशकदेखी विभिन्न रेन्जका स्पेयर पार्ट्स उत्पादन गर्दै आएको छ । यो कम्पनीले उत्पादन गरेको स्पेयर पार्ट्सलाई भारतका प्राय सवैजसो टु ह्विलर उत्पादकले आफ्नो वाइकमा प्रयोग गर्न सिफारिस समेत गर्ने गरेका छन् । साहका अनुसार नेपाली बजारमा उपलब्ध प्राय सवैजसो ब्रान्डका टु ह्विलर र थ्री ह्विलरमा स्विस अटोको उत्पादन प्रयोग भइरहेको छ ।
भारतमा अहिले स्विस अटो सहित ड्यूच, लियोनार्डो र एलेक्जेन्डर ब्रान्ड सामेल भई ईएस ग्रुप खडा भएको छ । यो ग्रुपमा सामेल यी चारवटै ब्रान्डले उच्चस्तरिय स्पेयर पार्ट्स उत्पादन गर्दै आएको साहले वताए ।
‘हामीले विगत एक दशकदेखी स्विस ब्रान्डको स्पेयर पार्ट्स आयती कारोवार गर्दै आएका छौ । हाम्रो उत्पादन नेपालको प्राय सवैजसो स्थानमा उपलब्ध छ । सुलभ मूल्यमा गुणस्तरिय ब्रान्डको पहिचान बनाएका कारण स्विसलाई नेपाली ग्राहकले रुचाएका छन् । भोलिका दिनमा थप नयाँ ब्रान्ड भित्र्याएर कारोवारलाई फराकिलो बनाउने लक्ष्य लिएका छौ’ उनले भने ।
सिप्रद्धि अटो पार्ट्सको विराटनगरस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन...
टाटा नेक्सन, हुन्डाई भेन्यु, किया सेल्टोस, बीएमडब्ल्यु र मर्सिडिज बेन्ज...
कार चालकलाई कारसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पनि हुनुपर्छ, अन्यथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...