आगामी सातादेखि सवारी लाइसेन्सको ट्रायल

यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो ।

आजको आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार अनुसार विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको छलफलमा ट्रायल परीक्षा खुलाउन सीसीएमसी सकारात्मक देखिएको हो ।

सीसीएमसीले विभागसँग ट्रायल परीक्षामा भीडभाड हुने भएकाले कडा स्वास्थ्य मापदण्डसहितको योजना मागेको थियो । विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसारको ट्रायलका लागि मापदण्ड बनाएर शुक्रवार सीसीएमसीमा पेश गर्ने तयारी गरेको महानिर्देशक घिमिरेले बताए । ‘सीसीएमसी ट्रायल खोल्न सकारात्मक रहेकोमा हामीले त्यसअनुसार मापदण्ड पनि बनाएका छौं,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर आगामी सातादेखि ट्रायल खोल्ने तयारी थाल्न यातायात कार्यालयलाई पनि भनिसकेका छौं ।’

सम्बन्धित समाचारहरू

असाेज १ देखि इम्बोस्ड नम्बर अनिवार्य, राइड सेयरिङ बारे एकरुपता कायम गरिने

असाेज १ देखि इम्बोस्ड नम्बर अनिवार्य, राइड सेयरिङ बारे एकरुपता कायम गरिने

काठमाडौं – सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नु पर्ने भएको...

आज निर्वाचन : यात्रु सुविधाका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस

आज निर्वाचन : यात्रु सुविधाका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस

काठमाडौं – निर्वाचनका दिन यात्रुहरूको आवागमन सहज बनाउन नेपाल पर्यटन...

सार्वजनिक यातायात प्रणाली सुरक्षित र प्रविधिमैत्री बनाउने सरकारको तयारी, अगाडि बढ्यो प्रक्रिया

सार्वजनिक यातायात प्रणाली सुरक्षित र प्रविधिमैत्री बनाउने सरकारको तयारी, अगाडि बढ्यो प्रक्रिया

काठमाडौं – सरकार सार्वजनिक यातायातलाई सुरक्षित, सुव्यवस्थित र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...