सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो, पास दर कम्तिमा ५० प्रतिशत पुग्ने अपेक्षा
सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा...
तपाईको सवारी साधन अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) नवीकरण भयो कि भएन ? नियमित रुपमा नवीकरण गर्नुभएको छ ? यदि छैन भने ढिलो गर्दा थप जरिवाना लाग्न सक्छ ।
यातायात व्यवस्था कार्यालयहरुमा यसरी ढिलो गरी ड्राइभिङ लाइसेन्स नवीकरण गर्दा प्रशस्तै जरिवाना तिरेर पश्चातापमा परेका ग्राहक भेटिन्छन् ।
सामान्य रुपमा मोटरसाइकल वा स्कुटरको नवीकरण समयमै नगर्दा पनि धेरै जरिवाना तिरेका ग्राहक प्रशस्तै पाइन्छन् । नियमित रुपमा तिरेमा १ हजार ५ सय रुपैयाँ मात्र नवीकरण दस्तुर लाग्ने गरेकोमा ढिलो भएर ७ हजारर ५ सय रुपैयाँ भन्दा बढी तिर्नुपरेको अवस्था समेत देखिन्छ ।
यति मात्र होइन, अवधि सकिएको पाँच वर्षसम्म पनि नवीकरण नगराएको चालक अनुमतिपत्र स्वतः रद्द हुने र यस्तो अनुमतिपत्रको नवीकरण समेत नगरिने व्यवस्था छ ।
सामान्यतः पाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । हाल अवधि समाप्त भएको मितिले ९० दिनभित्र पनि अनुमतिपत्र नवीकरण नगराएमा सो मिति समाप्त भएको एक वर्षसम्म १०० प्रतिशत, दुइ वर्षसम्म २०० प्रतिशत, तीन वर्षसम्म ३०० प्रतिशत, चार वर्षसम्म ४०० प्रतिशत र पाँच वर्षसम्म ५०० प्रतिशत थप जरिवाना र दस्तुरसमेत लिई यस्तो चालक अनुमतिपत्र नवीकरण गरिनेछ । यस्तो नवीकरण पाँच वर्षका लागि कायम रहनेछ ।
सवारी चालक अनुमतिपत्रको नवीकरण दस्तुरवापत ठूला सवारीका लागि रु ३०००¸ मझौला सवारीका लागि रु २५००¸ मोटरसाइकल, स्कुटर बाहेकका साना सवारीका लागि रु २००० र मोटरसाइकल, स्कुटरका लागि रु १५०० लाग्ने छ ।
तर एउटै चालक अनुमतिपत्रमा एकभन्दा बढी किसिमका सवारी चलाउने इजाजत पाएका हकमा सबैभन्दा बढी दस्तुर लाग्ने सवारीको दस्तुर मात्र लाग्ने व्यवस्था छ ।
सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा...
काठमाडौं – यातायात व्यवस्था विभागले छपाई गरेका सवारी चालक अनुमति पत्र...
चितवन–जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...