नेपाल आइपुगेको आईसीसी मेन्स टी-२० वर्ल्ड कप २०२२ ट्रफी टुरमा निसान नेपालको सहकार्य

काठमाडौं – हाल आईसीसी मेन्स टी-२० वर्ल्ड कप २०२२ ट्रफी टुर चलिरहेको छ । सो अवसरमा उक्त ट्रफी नेपाल आइपुगेको छ । नेपालमा आयोजित सबै कार्यक्रममा निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पको सहकार्य रहेको छ ।

विश्व प्रसिद्ध कार निर्माता कम्पनी निसान आईसीसी मेन्स टी–२० वर्ल्ड कप २०२२ को प्रायोजक हो । इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) सँग निसानको ग्लोबल पार्टनरसिप रहेको छ । यस अन्तर्गत निसानले ‘ड्रिभन बाई निसान’ ट्यागलाइनका साथ विश्वभर सो ट्रफी पु-याउने कार्यमा भूमिका खेलेको छ ।

विश्वका क्रिकेट खेल प्रेमीहरुले सो ट्रफी अवलोकन गर्न पाउने अवसर यसबाट प्रदान हुने गरेको छ ।

नेपालमा पनि सो ट्रफीलाई विभिन्न स्थानमा पु-याउनका लागि निसान नेपाल अर्थात पायोनियर मोटोकर्पले भूमिका खेलेको थियो । पायोनियर मोटोकर्पका डेपुटी जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले भने, ‘निसानको नेपालका लागि आधिकारिक वितरक भएको नाताले हामीले सो ट्रफीलाई विभिन्न स्थानमा पु-याउनका लागि सहयोग ग-यौ ।’

मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र कालापत्थरमा राखिएको थियो। मंगलबार बेलुका नै क्यानले क्रिकेटसम्बन्धित व्यक्ति र प्रायोजकमाझ ट्रफीसहित गाला डिनर आयोजना गरेको थियो। त्यसपछि भक्तपुर र विभिन्न क्षेत्रमा सो ट्रफी प्रदर्शन गरिएको थियो ।

विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्‍याइने छ। टी- २० विश्वकपको ट्रफी नेपालमा पहिलोपटक आएको हो।  यसअघि २०१९ मा इङ्ग्ल्यान्डमा भएको एकदिवसीय विश्वकपको ट्रफी भने नेपालको काठमाडौं र पोखरा पुर्‍याइएको थियो। 

टी–२० विश्वकप क्रिकेट आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुनेछ ।

सम्बन्धित समाचारहरू

निसानको अफर : एउटै गाडीमा ३ लाख ५० हजार नगद र समग्रमा ४ लाख ५२ हजार छुट

निसानको अफर : एउटै गाडीमा ३ लाख ५० हजार नगद र समग्रमा ४ लाख ५२ हजार छुट

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ...

अक्टोबर ४ मा लन्च हुँदै निसान म्याग्नाइट फेसलिफ्ट

अक्टोबर ४ मा लन्च हुँदै निसान म्याग्नाइट फेसलिफ्ट

निसानले भारतीय बजारमा इन्ट्री लेभल एसयूभी सेगमेन्टमा म्याग्नाइटको...

१५ देशमा निर्यात हुन थाल्यो भारतमा बनेको निसान म्याग्नाइट : नेपालमा पनि लोकप्रिय

१५ देशमा निर्यात हुन थाल्यो भारतमा बनेको निसान म्याग्नाइट : नेपालमा पनि लोकप्रिय

भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...