निसान म्याग्नाइटको पनि बढ्यो मूल्य : सुरुवाती भेरिएन्टको मूल्य अब ३० लाख ९९ हजार
काठमाडौं – नेपाली बजारमा निकै नै रुचाइएको एसयूभी निसान म्याग्नाइटको...
काठमाडौं – हाल आईसीसी मेन्स टी-२० वर्ल्ड कप २०२२ ट्रफी टुर चलिरहेको छ । सो अवसरमा उक्त ट्रफी नेपाल आइपुगेको छ । नेपालमा आयोजित सबै कार्यक्रममा निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पको सहकार्य रहेको छ ।
विश्व प्रसिद्ध कार निर्माता कम्पनी निसान आईसीसी मेन्स टी–२० वर्ल्ड कप २०२२ को प्रायोजक हो । इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) सँग निसानको ग्लोबल पार्टनरसिप रहेको छ । यस अन्तर्गत निसानले ‘ड्रिभन बाई निसान’ ट्यागलाइनका साथ विश्वभर सो ट्रफी पु-याउने कार्यमा भूमिका खेलेको छ ।
विश्वका क्रिकेट खेल प्रेमीहरुले सो ट्रफी अवलोकन गर्न पाउने अवसर यसबाट प्रदान हुने गरेको छ ।
नेपालमा पनि सो ट्रफीलाई विभिन्न स्थानमा पु-याउनका लागि निसान नेपाल अर्थात पायोनियर मोटोकर्पले भूमिका खेलेको थियो । पायोनियर मोटोकर्पका डेपुटी जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले भने, ‘निसानको नेपालका लागि आधिकारिक वितरक भएको नाताले हामीले सो ट्रफीलाई विभिन्न स्थानमा पु-याउनका लागि सहयोग ग-यौ ।’

मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र कालापत्थरमा राखिएको थियो। मंगलबार बेलुका नै क्यानले क्रिकेटसम्बन्धित व्यक्ति र प्रायोजकमाझ ट्रफीसहित गाला डिनर आयोजना गरेको थियो। त्यसपछि भक्तपुर र विभिन्न क्षेत्रमा सो ट्रफी प्रदर्शन गरिएको थियो ।
विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्याइने छ। टी- २० विश्वकपको ट्रफी नेपालमा पहिलोपटक आएको हो। यसअघि २०१९ मा इङ्ग्ल्यान्डमा भएको एकदिवसीय विश्वकपको ट्रफी भने नेपालको काठमाडौं र पोखरा पुर्याइएको थियो।
टी–२० विश्वकप क्रिकेट आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुनेछ ।
काठमाडौं – नेपाली बजारमा निकै नै रुचाइएको एसयूभी निसान म्याग्नाइटको...
कम मूल्यको एसयूभीका रुपमा चर्चा कमाइरहेको निसान म्याग्नाइटलाई चुनौती...
काठमाडौं– भृकुटीमण्डपमा जारी अटो शोमा निसानले तीनवटा नयाँ मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...