बजारमा आउँदैछन यी ४ कुपे स्टाइलका एसयुभी
अहिले बजारमा सबैभन्दा बढी माग भएको सेग्ेमन्ट हो एसयुभी । भारतीय बजारमा...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकको आयोजनामा ‘ड्राइभ टु डिस्कभर’ मिडिया टेस्ट ड्राइभ इभेन्ट सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको नक्सालस्थित बीवाईडी शोरुमबाट प्रारम्भ भएको सो इभेन्टमा सञ्चारकर्मीहरुले २०२४ भर्सनको बीवाईडी एट्टो ३ लाई शिवपुरी भिलेज रिसोर्ट सम्म पु-याएर टेस्ट ड्राइभ सम्पन्न गरे ।
गत भदौ महिनाको पहिलो साता नेपाली बजारमा औपचारिक रुपमा भित्रिएको २०२४ भर्सनको बीवाईडी एट्टो ३ विभिन्न आधुनिक फिचरका कारण चर्चित छ । सञ्चारकर्मीहरुले यो गाडीमा भएको फरक प्रकारको ग्रिप स्टाइल डोर ह्यान्डल, नयाँ १५.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ग्लसी एन्ड डाइनामिक ककपिट, प्यानोरामिक सनरुफ, म्याजिक बुट स्पेस, रिदमिक इन्टेरियर, डम्बबेल स्टाइल एयर कन्डिसनिङ भेन्ट्स, मसल स्ट्रिमलाइन सेन्ट्रल कन्सोल, पुस टाइम इलेक्ट्रोनिक गियर लिभर, स्ट्रिङ सहितको डोर ट्रिम र मल्टी कलर रिदमिक इन्टर्याक्टिभ एम्बियन्ट लाइटको अनुभव गरे ।
१०० किलोवाटको मोटर र ३१० एनएम टर्क भएको २०२४ भर्सनको बीवाईडी एट्टो ३ मा ब्लेड ब्याट्री प्रयोग गरिएको छ । यसमा १७५ एमएम ग्राउन्ड क्लियरेन्स भए पनि शिवपुरी पुग्ने जंगलको अफरोड र उकालो ओरालो सडकमा समेत सहज रुपमा यात्रा सम्पन्न भयो । यसबाट २०२४ भर्सनको बीवाईडी एट्टो ३ ले आगामी दिनमा अझै राम्रो बजार लिन सक्ने अनुमान गरिएको छ ।
भ्वाइस कमान्डबाटै सनरुफ र झ्याल खोल्ने लगायतका विभिन्न कमान्ड दिन सकिने र बीवाईडीले हालै उपलब्ध गराएको बीवाईडी एपको वारेमा समेत जानकारी प्रदान गरियो ।
बीवाईडी एट्टो ३ पहिले देखि नै नेपाली बजारमा उपलब्ध भए पनि हालै मात्र यसको नयाँ भर्सन आएको हो । यसमा धेरै नयाँ फिचर अपग्रेड गरिएको छ ।
बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ । पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउँछ । सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्ट हाई–पर्फमेन्स कन्टिनेन्टल टायरले सुसज्जित गरिएको छ ।
बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा थप गरिएको सबैभन्दा महत्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो । सो अत्याधुनिक एप्लिकेसनले गाडी धनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्न भूमिका खेल्छ । बीवाईडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको वारेमा थाहा पाउन सकिन्छ । त्यसैगरी टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिन्छ ।
बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको र सुरक्षित ब्लेड ब्याट्रीद्वारा संचालित बीवाईडी एट्टो ३ मा इको–फ्रेन्ड्ली डिजाइन सहितको पावरफुल पर्फमेन्सको सम्मीश्रण छ ।
बीवाईडी एट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
एनईडीसी अनुसार सिंगल चार्जमा बीवाईडी एट्टो ३ एड्भान्स्डले ३४५ किलोमिटर र सुपेरियरले ४२० किलोमिटर रेन्ज दिन्छ । यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी उपलब्ध छ ।
अहिले बजारमा सबैभन्दा बढी माग भएको सेग्ेमन्ट हो एसयुभी । भारतीय बजारमा...
एथर इनर्जीले अन्ततः आफ्नो पहिलो पारिवारिक इलेक्ट्रिक स्कुटर एथर रिज्टा...
पहिले इलेक्ट्रिक सवारीसाधनमा लिड एसिड ब्याट्रीको प्रयोग गरिन्थ्यो, तर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...