यातायात व्यवस्था विभागको महानिर्देशकमा घिमिरे, हमाल सूचना विभागमा

काठमाडौं – यातायात व्यवस्था विभागको महानिर्देशकमा सहसचिव नमराज घिमिरे नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनलाई सो जिम्मेवारी दिएको हो । घिमिरे यसअघि हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । घिमिरे १० महिनाअघि मात्र सहसचिवमा बढुवा भएका थिए । यस्तै यो भन्दा पहिले यातायात व्यवस्था विभागको महानिर्देशकमा कार्यरत गोगन बहादुर हमाल सूचना विभागको महानिर्देशक बनेका छन् । केही अघि सहसचिवहरुको सरुवा हुँदा उनको सरुवा विभागबाट सञ्चार मन्त्रालयमा भएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...