गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना, १ लाख ५० हजारमै दोस्त सिरिजका गाडी

काठमाडौं – अशोक लेल्यान्ड गाडीका लागि नेपालको आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजी २०२४’ बनाउने योजना ल्याएको छ । मात्र १ लाख ५० हजार रुपैयाँमा दोस्त गाडी खरिद गर्न सकिने गरी कम्पनीले यो योजना ल्याएको हो ।

गत वर्ष पनि यसप्रकारको योजना कम्पनीले ल्याएको र चालकहरुलाई स्वरोजगार बनाउने उद्देश्य अनुसार अभियान सञ्चालन गरिएको कम्पनीेका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरणिकले बताए ।

अशोक लेल्यान्डका लाइट कमर्सियल भेइकल (दोस्त) सिरिजका गाडीहरुमा यो योजना लागु गरिएको छ । यो योजना अन्तर्गत ८० प्रतिशतसम्म बिना धितो कर्जा शुलभ ब्याजदरमा उपलब्ध हुनेछ । पाँच वर्षको वारेन्टी सुविधा पनि उपलब्ध छ ।

शक्तिशाली डिजेन इन्जिनमा उपलब्ध यो गाडी पावर डेलिभरीका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । माइलेज पनि राम्रो रहेकाले दोस्तका ग्राहकहरु लाभान्वित हुने कम्पनीले जनाएको छ ।

अरुको गाडी चलाइरहेका गुरुजीलाई आफ्नै गाडी खरिद गरी व्यापार व्यवसाय गर्न तथा स्वरोजगार बन्न यो योजना लाभान्वित हुने कम्पनीको विश्वास छ । अशोक लेल्यान्डका शाखाहरुबाट योजनाका बारेमा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

अशोक लेल्यान्डका २५ टिपर एकै पटक ग्राहकलाई हस्तान्तरण

अशोक लेल्यान्डका २५ टिपर एकै पटक ग्राहकलाई हस्तान्तरण

काठमाडौं – नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले...

अशोक लेल्यान्ड ‘दोस्त’ मा अब ५ वर्षको वारेन्टी

अशोक लेल्यान्ड ‘दोस्त’ मा अब ५ वर्षको वारेन्टी

काठमाडौं – कमर्सियल सवारी साधनको क्षेत्रमा एक प्रतिष्ठित कम्पनी अशोक...

नेपालगञ्जमा अब अशोक लेल्यान्डको नयाँ रिटेल पार्ट्स आउटलेट

नेपालगञ्जमा अब अशोक लेल्यान्डको नयाँ रिटेल पार्ट्स आउटलेट

परिचित कमर्सियल सवारी साधन निर्माता कम्पनी अशोक लेल्यान्डले विशेष रिटेल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...