नयाँ ईभी भ्यान सोकोन ईसी ३६ नेपालमा, एकैपटक ४१ ग्राहकलाई चाबी हस्तान्तरण
काठमाडौं – नेपाली बजारमा नयाँ ईभी भ्यान थपिएको छ । नेपालका लागि आधिकारिक...
काठमाडौं – दुई पांग्रे इलेक्ट्रिक सवारी साधन धमाधम नेपाली बजारमा उपलब्ध भइरहेको समयमा अब तीन पांग्रे सवारी समेत उपलब्ध हुने भएको छ । दुहान कम्पनीको विश्वकै पहिलो स्मार्ट ई–स्कुटर बताइएको आईट्यांक नेपाली बजारमा उपलब्ध हुने भएको हो ।
नेपाली बजारमा क्यालिबर अटोले सो ई–स्कुटर बिक्रीका लागि उपलब्ध गराउने तयारी गरेको बताएको छ ।
सो स्कुटरमा प्याटेन्टेड ड्युअल फ्रन्ट ह्विल टेक्नोलोजीको प्रयोग गरिएको छ । त्यसैगरी यसमा बोस कम्पनीको १८५२ वाट मोटर प्रयोग गरिएको छ । लामो दुरीको यात्रामा समेत सहजता प्रदान गर्ने लिथियम आयोन ब्याट्री उपलब्ध सो ई–स्कुटर ढल्किदा समेत केही असर नपर्ने तरिकाले मिलाइएको छ ।
आईट्यांक बाहेक दुहानका आईट्यांगो, युरेनस र ईस्वान गरी अन्य तीन मोडल समेत नेपाली बजारमा उपलब्ध हुने छन् । यी अन्य स्कुटर भने दुई पांग्रे सामान्य स्कुटर हुन् ।
काठमाडौंको ज्ञानेश्वरमा हाल पहिलो सोरुम खोल्ने तयारी भइरहेको र स्थिति सामान्य रहेमा आगामी १५ दिन भित्रै यी स्कुटर बजारमा उपलब्ध हुने क्यालिबर अटोका म्यानेजिङ डाइरेक्टर निमेष अग्रवालले जानकारी दिए ।
चाइनिज कम्पनी दुहानका यी स्कुटरको मूल्य र अन्य विशेषताका वारेमा भने आगामी दिनमा थप जानकारी उपलब्ध गराइने कम्पनीको भनाइ छ ।
काठमाडौं – नेपाली बजारमा नयाँ ईभी भ्यान थपिएको छ । नेपालका लागि आधिकारिक...
कारको ब्रेक प्याडल थिच्दा हाइड्रोलिक ब्रेक प्याडले प्रत्येका पांग्रामा...
काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...