सीमा क्षेत्रमा बढ्यो स्पेयर पार्ट्सको अबैध कारोबार, टाटा जेन्युइन पार्ट्स सबैभन्दा बढी मारमा
खुल्ला सिमानाका कारण बोर्डर साइडमा सामान ओसारपसार हुनु खासै नौलो विषय...
कहिलेकाहीँ मोटरसाइकल अचानक स्टार्ट नहुँदा धेरैजसो चालक सिधै मेकानिककहाँ जानुपर्ने ठान्छन्। तर प्रायः यस्तो समस्या कुनै ठूलो खराबीका कारण होइन, साना र सजिलै समाधान गर्न सकिने कारणले हुने गर्छ।
सबैभन्दा पहिले बाइकको दाहिने ह्यान्डलमा रहेको रातो रङको इन्जिन कट–अफ स्विच जाँच गर्नुहोस्। धेरैजसो अवस्थामा बाइक बन्द गर्दा यही स्विच प्रयोग गरिन्छ र पछि पुनः अन नगरी स्टार्ट गर्न खोज्दा बाइक चालु हुँदैन। स्विच अन अवस्थामा छ कि छैन भन्ने कुरा एकपटक पक्का गर्नुस्। यो सामान्य देखिने कुरा भए पनि धेरैले यही कारणले समस्या भोग्ने गरेका छन्।
यसपछि स्पार्क प्लग र त्यसको तारको अवस्था हेर्नु आवश्यक हुन्छ। स्पार्क प्लगले इन्जिनमा आगोको झिल्को उत्पादन गर्ने भएकाले यसको भूमिका निकै महत्वपूर्ण हुन्छ। यदि स्पार्क प्लगको तार खुकुलो छ वा फोहोर जमेको छ भने इन्जिनसम्म सही संकेत पुग्दैन र बाइक स्टार्ट हुँदैन। यस्तो अवस्थामा स्पार्क प्लग निकालेर सफा कपडाले राम्ररी पुछ्नुहोस् र तारलाई मजबुत रूपमा जोडेर पुनः स्टार्ट गरेर हेर्नुस्।
यदि सेल्फ स्टार्ट थिच्दा बाइकले कुनै प्रतिक्रिया दिइरहेको छैन भने समस्या ब्याट्रीमा हुन सक्छ। चिसो मौसममा वा लामो समयसम्म बाइक नचलाउँदा ब्याट्री कमजोर हुने सम्भावना बढी हुन्छ। यस्तो अवस्थामा बाइकलाई मेन स्ट्यान्डमा राखेर चौथो गियरमा हाल्नुहोस् र पछाडिको पाङ्ग्रा हातले घुमाएर स्टार्ट गर्ने प्रयास गर्न सकिन्छ। यो विधिलाई सामान्य भाषामा पुश स्टार्ट भनिन्छ।
गियर र क्लचको सही पोजिसन पनि स्टार्टिङसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। यदि बाइक गियरमै छ र क्लच लिभर पूरै थिचिएको छैन भने बाइक स्टार्ट हुँदैन। त्यसैले बाइकलाई न्युट्रल गियरमा राखेर क्लच पूरै दबाई स्टार्ट गर्ने प्रयास गर्नुहोस्।
एयर फिल्टर जाम हुनु पनि बाइक स्टार्ट नहुनु मुख्य कारण हो । एयर फिल्टरले इन्जिनलाई सफा हावा आपूर्ति गर्ने काम गर्छ। यदि यसमा धेरै फोहोर जमेको छ भने इन्जिनले आवश्यक हावा पाउँदैन र स्टार्ट हुन गाह्रो हुन्छ। यसअघि बाइक चलाउँदा झट्का महसुस भएको थियो भने एयर फिल्टरको समस्या हुन सक्छ। आवश्यक परे फिल्टर सफा गर्नुहोस् वा फेर्नुहोस् ।
खुल्ला सिमानाका कारण बोर्डर साइडमा सामान ओसारपसार हुनु खासै नौलो विषय...
काठमाडौं – असोज १ गते अन्य व्यवसायीका साथै अटो मेकानिक्स तथा अटो...
कास्की – पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...