डोङफेङ मोटरद्वारा इजिप्टमा ९ नयाँ मोडेल सार्वजनिक

डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिक रूपमा सार्वजनिक गरेको छ। “इस्ट विन्ड इन्फाइनाइट वर्ल्ड” भन्ने थिममा सम्पन्न सो कार्यक्रम इजिप्ट इन्टरनेसनल एक्जिबिसन सेन्टरमा भएको थियो।

कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयूभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिड गाडीहरू प्रस्तुत गरिएको थियो। प्रस्तुत गरिएका मोडेलहरूमा मेज आईसीई र साइन आईसीई समावेश थिए भने डोङफेङ बक्स, डोङफेङ ००७, मेज ईभी, भोया फ्रि, भोया ड्रिम, भोया प्सासन र एमहिरो ९१७ जस्ता इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू पनि प्रदर्शन गरिएको थियो।

उदघाटन कार्यक्रममा सरकारी अधिकारीहरू, व्यवसायी र अटोमोबाइल प्रेमीहरूको ठूलो सहभागिता रहेको थियो। आगन्तुकहरूले नयाँ डिजाइनहरू नजिकै बाट हेर्ने, नवीनतम प्रविधिबारे बुझ्ने र डिस्प्ले गरिएका गाडीहरूको अनुभव लिने अवसर पाएका थिए। प्रदर्शनीका विभिन्न क्षेत्रहरूमा डोङफेङका परम्परागत देखि लिएर न्यु इनर्जी गाडीहरू विशेष रूपमा प्रदर्शन गरिएका थिए।

यस लन्चसँगै डोङफेङ मोटरले इजिप्टको बजारमा औपचारिक प्रवेश गर्दै आधुनिक मोबिलिटी सोलुसन्सको बढ्दो माग पूरा गर्न विविध उत्पादनहरूको श्रृंखला प्रस्तुत गरेको छ। नौ वटा मोडलको सो लन्चले कम्पनीले परम्परागत र न्यु इनर्जी गाडीहरू दुवै प्रकारका ग्राहकहरूका आवश्यकतालाई मिल्ने गरी प्रस्तुत गरेको प्रष्ट भएको बताइएको छ ।

सो लन्च कार्यक्रमलाई डोङफेङको अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने र इजिप्टको अटोमोबाइल बजारसँग अझ बलियो सम्बन्ध बनाउने दिशामा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

सम्बन्धित समाचारहरू

नयाँ पेट्रोल पम्प खोल्दा अब चार्जिङ स्टेसन पनि अनिवार्य

नयाँ पेट्रोल पम्प खोल्दा अब चार्जिङ स्टेसन पनि अनिवार्य

काठमाडौं – व्यवसायीले अब नयाँ पेट्रोल पम्प खोल्दा त्यसका साथमा चार्जिङ...

मे २८ मा बजारमा उपलब्ध हुने नयाँ टियागो ईभीको इन्टेरियर सार्वजनिक, अझै आधुनिक र प्रिमियम हुने

मे २८ मा बजारमा उपलब्ध हुने नयाँ टियागो ईभीको इन्टेरियर सार्वजनिक, अझै आधुनिक र प्रिमियम हुने

भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले नयाँ २०२६ टियागो ईभी फेसलिफ्टको...

पेरिस मोटर शोमा पानीमा तैरिने कार देखि विश्वकै पहिलो एआई प्रयोग भएको कार सम्म प्रदर्शन

पेरिस मोटर शोमा पानीमा तैरिने कार देखि विश्वकै पहिलो एआई प्रयोग भएको कार सम्म प्रदर्शन

पेरिस अटो शो २०२४ आयोजना भइरहेको छ । उक्त शोमा यस्तो उच्च प्रविधिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...