अमेरिकामा हाइब्रिड गाडीको बिक्रीमा तीव्र वृद्धि, कर छुट हटेपछि ईभी बजारमा धक्का
काठमाडौं–इन्धनको बढ्दो मूल्यका वावजुत अमेरिकी उपभोक्ताहरू विद्युतीय...
काठमाडौं–चीनको सरकारी स्वामित्वमा रहेको सवारी उत्पादक कम्पनी डोङफेङका नयाँ विद्युतीय बसहरू काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा अटो एक्स्पोमा सार्वजनिक गरिएका छन् । हिमालयन अर्गनाइजेशनअन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले ७.२ मिटर लम्बाइ भएका २५+१ सिटर कम्फर्ट बस र २७+१ सिटर सिटी बस गरी दुई वटा मोडल प्रदर्शनीमा ल्याएको हो ।
यी बसहरूको सुरुवाती मूल्य १ करोड १४ लाख ५० हजार तोकिएको छ भने एक्स्पोका क्रममा बुकिङ गर्ने पहिलो ५० जना ग्राहकलाई ५ लाखसम्मको विशेष छुट उपलब्ध गराइएको छ ।
ठूला विद्युतीय सवारी साधनको बढ्दो माग तथा वातावरणमैत्री सार्वजनिक यातायातलाई प्राथमिकता दिने सरकारी नीतिकै अनुरूप आयाम इन्टरकन्टिनेन्टलले यी बसहरू नेपाली बजारमा भित्र्याएको जनाएको छ ।
५ वर्ष वा २ लाख किलोमिटरसम्मको स्ट्यान्डर्ड वारेन्टीसहित उपलब्ध गराइने यी बसहरूमा ग्राहकले थप ३ वर्षको वारेन्टी विस्तार गर्न सक्ने सुविधा पनि छ । सार्वजनिक गरिएका बसहरू एयरकन्डिसनबिनाका रहे तापनि ग्राहकको मागअनुसार एयरकन्डिसन, लक्जरी सिट तथा ढोकाको संरचना थपघट गर्न सकिने व्यवस्था मिलाइएको छ ।
आयाम इन्टरकन्टिनेन्टलले निकट भविष्यमै ७.२ मिटरका स्कुल बस, ९ मिटरका ३८ सिटर बस तथा १२ मिटरका ५२ सिटर बसहरू पनि नेपाल ल्याउने योजना बनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...