थापाथली क्याम्पसका विद्यार्थीहरुले बनाएको विद्युतीय गाडी प्रतिस्पर्धामा, गोल्छा ग्रुपको सहयोग
काठमाडौं – गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी नाडा अटो शोको अवसर पारेर नयाँ इलेक्ट्रिक कार ‘डल्फिन’ सार्वजनिक गर्दैछ । हाल कम्पनीले सो इलेक्ट्रिक कारलाई स्टाइलिस डिजाइनमा बेरेर काठमाडौंको सडकमा कुदाइरहेको छ ।
कतै गुडिरहेको सो कारको भिडियो खिचेर फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक रुपमा पोस्ट गरेमा १ लाख रुपैयाँ जित्न सकिने छ ।
साइमेक्स इंकले यसका लागि ‘डल्फिन अन द रोड’ क्याम्पेनको घोषणा गरेको छ । सो क्याम्प सेप्टेम्बर ६ अर्थात बुधबार देखि प्रारम्भ भएको छ र आगामी सेप्टेम्बर ११ अर्थात सोमबार सम्म चल्ने छ । सेप्टेम्बर १२ अर्थात मंगलबार सो कार नाडा अटो शो २०२३ को अवसरमा लन्च गर्ने कार्यक्रम भएको बताइएको छ ।
डल्फिन कहाँ र कसरी भेट्ने भन्ने वारेमा जानकारी लिन बीवाईडीको आधिकारिक पेज हेर्न सकिने छ ।
दिइएको नियम अनुसार भिडियो खिचेर पोस्ट गर्ने सहभागी मध्ये ३ जनालाई १ लाख रुपैयाँको आकर्षक पुरस्कार प्रदान गरिने छ । त्यसैगरी सहभागी सबैलाई नाडा अटो शो २०२३ को टिकट निःशुल्क प्रदान गरिने छ । यो वाहेक बीवाईडीको तर्फबाट विशेष उपहार समेत प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।
काठमाडौं – गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय...
काठमाडौं – नेपाली बजारमा लगातार नयाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर...
अमेरिकामा फ्लाइङ कारले अनुमति पाएको छ । एलेफ एरोनटिक्सको कारलाई फ्लाइङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...