सडकमा देखिने ‘डल्फिन’ को भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दा १ लाख जित्ने अवसर

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी नाडा अटो शोको अवसर पारेर नयाँ इलेक्ट्रिक कार ‘डल्फिन’ सार्वजनिक गर्दैछ । हाल कम्पनीले सो इलेक्ट्रिक कारलाई स्टाइलिस डिजाइनमा बेरेर काठमाडौंको सडकमा कुदाइरहेको छ ।

कतै गुडिरहेको सो कारको भिडियो खिचेर फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक रुपमा पोस्ट गरेमा १ लाख रुपैयाँ जित्न सकिने छ ।

साइमेक्स इंकले यसका लागि ‘डल्फिन अन द रोड’ क्याम्पेनको घोषणा गरेको छ । सो क्याम्प सेप्टेम्बर ६ अर्थात बुधबार देखि प्रारम्भ भएको छ र आगामी सेप्टेम्बर ११ अर्थात सोमबार सम्म चल्ने छ । सेप्टेम्बर १२ अर्थात मंगलबार सो कार नाडा अटो शो २०२३ को अवसरमा लन्च गर्ने कार्यक्रम भएको बताइएको छ ।

डल्फिन कहाँ र कसरी भेट्ने भन्ने वारेमा जानकारी लिन बीवाईडीको आधिकारिक पेज हेर्न सकिने छ ।

दिइएको नियम अनुसार भिडियो खिचेर पोस्ट गर्ने सहभागी मध्ये ३ जनालाई १ लाख रुपैयाँको आकर्षक पुरस्कार प्रदान गरिने छ । त्यसैगरी सहभागी सबैलाई नाडा अटो शो २०२३ को टिकट निःशुल्क प्रदान गरिने छ । यो वाहेक बीवाईडीको तर्फबाट विशेष उपहार समेत प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले सन् २०२७ मा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने, एक पटक चार्जमा ६७९ किमीसम्मको रेन्ज दाबी

महिन्द्राले सन् २०२७ मा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने, एक पटक चार्जमा ६७९ किमीसम्मको रेन्ज दाबी

महिन्द्राले सन् २०२७ मा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने पुष्टि...

विद्युत प्राधिकरणले बनायो ३० चार्जिङ स्टेसन, १२ बन्दै, बर्दिबासमा परीक्षण चल्दै

विद्युत प्राधिकरणले बनायो ३० चार्जिङ स्टेसन, १२ बन्दै, बर्दिबासमा परीक्षण चल्दै

महोत्तरी – बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित...

सवारी साधनमा स्टेयरिङ ह्विल देश अनुसार फरक हुन्छ, थाहा छ किन ?

सवारी साधनमा स्टेयरिङ ह्विल देश अनुसार फरक हुन्छ, थाहा छ किन ?

सवारी साधनको स्टेयरिङ ह्विलको पोजिसन विश्वभर एउटै हुँदैन । नेपाल, भारत र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...