यी कम्पनीले भित्र्याउछन् सवारीसाधनमा प्रयोग हुने ब्याट्री, बार्षिक कारोबार ५ अर्ब माथी
ब्याट्रीको बजार दिनप्रतिदिन फराकिलो बन्दै गएका कारण यस व्यवसायमा लगानी...
अमेरिकामा गरिएको हालैको एक अध्ययनले कार भित्रको हावाको गुणस्तरको बारेमा चिन्ताजनक निष्कर्ष सार्वजनिक गरेको छ । सो अध्ययनका अनुसार ड्राइभर र यात्रुहरू सम्भावित क्यान्सर निम्त्याउन सक्ने रसायनको सम्पर्कमा आउने गरेको पाइएको छ ।
अमेरिकाका ३० राज्यमा गरिएको उक्त अध्ययनले २०१५ देखि २०२२ सम्मका १०१ इलेक्ट्रिक, ग्यास र हाइब्रिड सवारीसाधनको क्याबिन एयर परीक्षण गरेको थियो । उक्त परीक्षणमा कारको क्याबिनको हावाको गुणस्तरको बारेमा विश्लेषण गरिएको थियो ।
सो अध्ययनले ९९ प्रतिशत कारमा टीसीआईपीपी नामक ज्वाला प्रतिरोधी तत्व रहेको पत्ता लगाएको थियो । हाल यसको बारेमा थप अनुसन्धान भइरहेको छ । धेरैजसो कारमा दुईवटा थप फ्लेम रिटार्डेन्ट टीडीसीआईपीपी र टीसीइपी पनि पाइएको छ, जसले क्यान्सर जस्ता गम्भीर रोग निम्त्याउन सक्ने प्रबल सम्भावना रहेको छ ।
अध्ययनले गर्मीमा विषाक्त फ्लेम रिटार्डेको स्तर सबैभन्दा बढी हुने देखाएको छ । अनुसन्धानकर्ताले सिट फोम क्याबिन हावामा क्यान्सर पैदा गर्ने यौगिकको स्रोत भएको बताए । कारमा बढी समय बिताउने चालकलाई यसको जोखिम बढी हुने अध्ययनले बताएको छ ।
यस्ता विषाक्त फ्लेम रिटार्डेको जोखिमलाई न्यूनीकरण गर्न पनि सकिने अध्ययनले देखाएको छ । यसको लागि पार्किङमा विशेष ध्यान दिनुपर्छ । कार ड्राइभ गरिसकेपछि केही समयका लागि कारको झ्याल खुल्ला छोड्ने वा छायादार ठाउँ वा ग्यारेजमा कार पार्किङ गर्नुपर्छ । कारको एयर फिल्टर नियमित रुपमा परिवर्तन गर्नुपर्छ । सम्भव भएसम्म छोटो दुरीका लागि कारको प्रयोग नगरौँ ।
ब्याट्रीको बजार दिनप्रतिदिन फराकिलो बन्दै गएका कारण यस व्यवसायमा लगानी...
टु–ह्विलर स्पेयर पार्ट्सको कारोबारमा स्थापित नाम हो श्री अम्बा ग्रुप । यो...
आधुनिक बाइकमा कम्पनीले इन्जिन किल स्विच दिइरहेका छन् । इन्जिन किल स्विच...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...