ओमोडा कार विजेता ऐरीलाई हस्तान्तरण गरिएको कारको कर समेत कम्पनीले व्यहोर्ने

काठमाडौं - ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सको अभिभावक कम्पनी शारडा ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ तथा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीलाई ओमोडा ईफाइभ डिलक्स एसयूभी सहित पुरस्कृत गरेको छ । ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाई’ सह–प्रायोजक हो ।

एनपीएलभरी दिपेन्द्र सिंह ऐरीले समग्र रूपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली कप्तानको भूमिका खेले । प्रतियोगिताभरी ९ खेलहरूमा जम्मा २२७ रन बनाउँदै, ९ विकेट लिँदै र ७ रन–आउट गराउँदै, आफ्नो टोलीको फाइनल खेलसम्म सफलताको यात्रामा उनले महत्वपूर्ण योगदान पुर्याए ।

लिगको समापनपछि आयोजित विशेष समारोहमा ऐरीलाई ओमोडा ईफाइभ प्रदान गरिएको थियो । पुरस्कारबापत गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्ने समेत कम्पनीले बताएको छ । २०२४ को अगस्टमा नेपालमा सार्वजनिक गरिएको, अत्याधुनिक विशेषताहरू र आकर्षक डिजाइनसहितको यो अल–इलेक्ट्रिक एसयूभीले ऐरीको उल्लेखनीय प्रदर्शनको सम्मान तथा हौसलाको रूपमा काम गर्ने बताइएको छ । ५८ लाख ९९ हजारको कारको कर करिव १५ लाख भएको अनुमान गरिएको छ ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपिएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुष ६ गतेसम्म भएको थियो । क्रिकेटको यो ऐतिहासिक र भव्य लिगमा आधिकारिक ‘ड्रिभन बाई’ सह–प्रायोजकका रूपमा, ओमोडा एन्ड जेइको हरेक खेलमा उपस्थित रहेको थियो । ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिगको यो सफल साझेदारीले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्दै नेपालमा खेलक्षेत्रको समग्र उचाई बढाउनमा योगदान पुर्याएको बताइएको छ ।

एसपीजी अटोमोबाइल्सले एक विज्ञप्तिमार्फत भनेको छ - कुशल क्याच तथा शानदार रन–आउट निकाल्दै फिल्डिङमा अब्बल पकड राख्ने दिपेन्द्र सिंह ऐरी पारस खड्का पछिका पुस्ताबाट उदाउँदा खेलाडीमध्ये एक हुन् । ओमोडा एन्ड जेइको, नेपाली खेलजगतमा उत्कृष्ट प्रतिभाको पहिचान गर्दै ती प्रतिभालाई बढावा दिनुपर्नेमा विश्वास राख्दछ । दिपेन्द्र सिंह ऐरि नेपाली क्रिकेटको उदाउँदो परिदृश्यको एक उदाहरण हुन जसको उच्च सम्मान ओमोडा एन्ड जेइको गर्दछ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिएका याडियाका सबै इलेक्ट्रिक स्कुटर सोल्ड आउट, पायो उत्कृष्ट मार्केटिङ अवार्ड

नेपाल भित्रिएका याडियाका सबै इलेक्ट्रिक स्कुटर सोल्ड आउट, पायो उत्कृष्ट मार्केटिङ अवार्ड

काठमाडौं – याडिया ब्रान्डको इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

स्मार्टफोन निर्माता कम्पनी साओमीले सार्वजनिक ग-यो यस्तो इलेक्ट्रिक स्कुटर

स्मार्टफोन निर्माता कम्पनी साओमीले सार्वजनिक ग-यो यस्तो इलेक्ट्रिक स्कुटर

साओमीले १३ सिरिजको फाइभजी स्मार्टफोनका साथै इलेक्ट्रिक स्कुटर ४ अल्ट्रा,...

टेल्जीले नेपालमै पहिलो पटक विद्युतीय स्कुटरमा ग-यो १ लाख किमी वारेन्टीको घोषणा

टेल्जीले नेपालमै पहिलो पटक विद्युतीय स्कुटरमा ग-यो १ लाख किमी वारेन्टीको घोषणा

काठमाडौं – नेपालका लागि टेल्जी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक योम मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...