नाडा अटो शो २०२६ः यामाहा एरोक्स १५५ एस, फेसिनो हाइब्रिड र आर १५ सिरिज सार्वजनिक
काठमाडौँ — यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
केही वर्ष पहिले बजारमा फुल साइज एसयूभी मात्र उपलब्ध थियो । हाल बजारमा फुल साइज एसयूभी र कम्प्याक्ट एसयूभी उपलब्ध छन् । यी दुई एसयूभी निकै भिन्नता रहेको हुन्छ साथै यसको मूल्यमा पनि केही फरक रहेको हुन्छ । कार खरिद गर्नु भन्दा पहिले फुल साइज एसयूभी र कम्प्याक्ट एसयूभीको बारेमा केही जानकारी हुनु अति आवश्यक छ ।
साइज
फुल साइज एसयूभी कम्प्याक्ट एसयूभी भन्दा अलि ठूलो हुन्छ । फुल साइज एसयूभीको सिटिङ क्षमता ७ सिटरको हुन्छ भने कम्प्याक्ट एसयूभी ५ सिटरको हुन्छ ।
इन्जिन
बढी स्पेस र ठूलो आकारको भएको कारणले गर्दा फुल साइज एसयूभीमा दमदार इन्जिन समावेश गरिएको हुन्छ । कम्प्याक्ट एसयूभीमा कम पावरफुल इन्जिन समावेश गरेको हुन्छ ।
बुट स्पेस
फुल साइज एसयूभीमा ७०० देखि ९०० लिटरको बुट स्पेस हुन्छ । कम्प्याक्ट एसयूभीमा ३०० देखि ५०० लिटरको बुट स्पेस हुन्छ ।
ग्राउन्ड क्लियरेन्स
फुल साइज एसयूभी हरेक प्रकारको बाटो, पहाडी इलाका, हिलो बाटो र उबड खाबड बाटोको लागि तयार पारिएको हुनछ । कम्प्याक्ट एसयूभीको ग्राउन्ड क्लियरेन्स लगभग ह्याचब्याक र सेडान कार जति नै हुन्छ । जसको कारणले गर्दा सो कार सिटी इलाकामा मात्र ड्राइभ गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...