स्टेलान्टिसले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने, नेपालमा तीनवटा ब्रान्ड उपलब्ध
स्टेलान्टिस ग्रुपले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने घोषणा गरेको छ ।...
हालै बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यबारे अनावश्यक हल्ला फैलिएको थियो। धेरैले उनको मृत्युको खबर प्रचार गरे पनि, केही घण्टामै उनकी श्रीमती हेमा मालिनी र छोरी ईशा देओलले ती हल्लाहरूको खण्डन गर्दै धर्मेन्द्र अस्पतालमा उपचारपछि पूर्ण रूपमा निको भएको र घर फर्किएको जानकारी दिएका छन्। यसैबीच, धर्मेन्द्रले आफ्नो जीवनसँग गहिरो सम्बन्ध रहेको पहिलो कार, फियाट ११०० को बारेमा जानकारी दिएका छन् ।
धर्मेन्द्रले आफ्नो अभिनय करियरको सुरुवाती समयमा, सन् १९६० को दशकमा फियाट ११०० खरिद गरेका थिए । त्यतिबेला उनले करिब १८ हजार भारुमा सो कार किनेका थिए ।
धर्मेन्द्रको ग्यारेजमा आज पनि सो कार विशेष स्थानमा उभिएको छ। उनले आफ्नो सो कारलाई रिस्टोर गरेका छन् । उनले आफ्नो कारलाई परम्परागत कालो वा सेतो रङको सट्टा कारलाई हरियो र ब्राेन्ज रङमा रङगाइएको छ। कारको अगाडिको ग्रिल, बम्पर र अन्य भागहरूलाई पनि ब्राेन्ज र कपर कलरमा चमक दिइएको छ। यसको इन्टेरियर पनि पुनर्निर्माण गरी आधुनिक र विलासी बनाइएको छ।
धर्मेन्द्रले हालै आफ्नो इन्स्टाग्राममा सो कारबारे भिडियो सेयर गर्दै आफ्नो भावनात्मक सम्बन्ध व्यक्त गरेका छन्। भिडियोमा उनले फियाट ११०० सँग बिताएका वर्षहरू सम्झँदै यसको महत्त्वबारे कुरा गरेका छन्। उनका अनुसार, यो केवल एउटा कार होइन, बरु उनको संघर्ष, सफलता र सम्झनाको जीवित प्रतीक हो।
फियाट ११०० मा १,०८९ सीसी क्षमताको ४-सिलिन्डर पेट्रोल इन्जिन प्रयोग गरिएको थियो, जसले ३६ बीएचपी पावर उत्पादन गर्थ्यो । यद्यपि आज धर्मेन्द्रसँग रेन्ज रोभरदेखि मर्सिडिज-बेन्ज एस-क्लाससम्मका लक्जरी कारहरू छन्, फियाट ११०० उनको मुटुको सबैभन्दा नजिकको सवारी रहँदै आएको छ।
धर्मेन्द्रको जीवनमा सो कार केवल एक यातायातको साधन होइन, उनको प्रारम्भिक संघर्ष र सफलताको साक्षी हो । आज सो कारको चमकले धर्मेन्द्रको जीवन यात्राको कथा पनि झल्काउँछ । जहाँ पुरानो समयको माया, मेहनत र सम्झना अझै पनि नयाँ चमकका साथ जीवित छन्।
स्टेलान्टिस ग्रुपले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने घोषणा गरेको छ ।...
काठमाडौँ – काठमाडौँको चोभार स्थित मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन...
जिप इन्डियाले आफ्नो प्रिमियम सात सिटे एसयूभी मेरिडियनको नयाँ लिमिटेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...