डीएफएसके दशैं अफरः थोरै डाउन पेमेन्ट, नगद छुट देखि इलेक्ट्रिक स्कुटरसम्म उपहार

काठमाडौं – डीएफएसकेको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले दशैं तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै ग्राहकमैत्री स्किम सार्वजनिक गरेको छ ।

कुजु नेपालले सधै आफ्ना ग्राहकलाई उत्कृष्ट प्रडक्ट र आकर्षक अफर दिन लागि परेको र यही शिलशिलामा नजिकिदै गरेको दशैं, तिहार, नेपालसम्बत र छठ पर्वको अवसर पारेर आफ्नो ग्लोरी आई अटो एसयूभीमा विशेष स्किम सार्वजनिक गरेको बताएको छ ।

उत्कृष्ट एआई टेक्नोलोजी प्रयोग भएको डीएफएसके ग्लोरी आई अटो किन्न चाहने ग्राहकले मात्र १५ लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी चढ्न सक्ने छन् । साथै, कम्पनीले ३ लाख ५० हजारसम्म नगद छुट, ५० हजार एक्सचेन्ज बोनस, एक आर्थिक वर्षको वार्षिक कर छुट समेत दिनेछ ।

नगद छुट लिन नचाहने ग्राहकले इलेक्ट्रिक स्कुटर लिन चाहेमा याडिया ब्राण्डको प्रिमियम इलेक्ट्रिक स्कुटर सि१एस वा जि५ वा इलेक्ट्रिक माउन्टेन बाइक मध्ये एउटा छनोट गर्न सक्ने छन् । उक्त स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

डीएफएसके ग्लोरी ५६० किन्न चाहने ग्राहकले भने १० लाख रुपैयाँ मात्र डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने छन् । कम्पनीले ग्लोरी ५६० मा २ लाख ५० हजार नगद छुट दिनेछ । नगद छुटको सट्टा याडियाको स्कुटर वा माउन्टेन बाइक लिन सक्ने छन् । यो स्कुटर र माउन्टेन बाइकको मूल्य २ लाख ५० हजार बराबर हुनेछ ।

ग्लोरी ५६० मा कम्पनीले ५० हजार एक्सचेन्ज बोनस, एक वर्षको वार्षिक कर जस्ता छुट प्रदान गर्नेछ । इन्डोनेशियामा उत्पादन भएका ग्लोरी सिरिजका एसयूभी नेपाली ग्राहकले निकै मनपराउँदै आएको मोडल हो ।

सम्बन्धित समाचारहरू

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

काठमाडौं – नेपालमा उपलब्धहरु इलेक्ट्रिक कार मध्ये सबैभन्दा धेरै रेन्ज...

विद्युतीय गाडी आयात गर्ने कम्पनीले कम्तिमा ५ वटा चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने

विद्युतीय गाडी आयात गर्ने कम्पनीले कम्तिमा ५ वटा चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने

काठमाडौं– यातायात व्यवस्था विभागले सवारी साधन आयात, उत्पादन तथा...

एथरको नयाँ इलेक्ट्रिक स्कुटर, घुँडासम्म पानी हुँदा पनि सजिलै चलाउन सकिने

एथरको नयाँ इलेक्ट्रिक स्कुटर, घुँडासम्म पानी हुँदा पनि सजिलै चलाउन सकिने

एथर इनर्जीले चाँडै नै इलेक्ट्रिक स्कुटर रिज्टा लन्च गर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...