नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

काठमाडौं – नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ शाह संस्कृत मावि सेफ्टी स्टार रेटिङ शुरु गर्ने नुवाकोटको पहिलो स्कुल भएको छ ।

नासा नेपालको सहयोगमा सुरक्षित विद्यालय, सुरक्षित यात्रा र सुरक्षित विद्यार्थीको लागि सेफ्टी रेटिङ गरिएको हो ।

संसारमा दैनिक ३५ सय नागरिकको अकाल मृत्यु भैरहेको सडक दुर्घटनामा नेपालमा समेत दैनिक ८ जनाले ज्यान गुमाइरहेका छन् । वि.सं. २०५५ सालमा स्थापित सो स्कुलमा छ सय भन्दा बढी विद्यार्थी छन् भने संस्कृत माध्यममा पनि पढाइ हुने गरेको छ ।

विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान समेत दिदा र उनीहरुको यात्रा सहज हुँदा अभिभावक तथा समाजले समेत ढुक्क हुने अवस्था रहन्छ । बिद्यालय अगाडि जेब्रा क्रसिङ, ३० किमी स्पिड लिमिट र स्कुल एरिया लेखिएको विभिन्न बोर्ड समेत राखिएको छ ।

विद्यालयमा रोड सेफ्टी क्लब गठन गरिएको छ । सबै विद्यार्थीलाई नासा नेपालका निर्देशक गोबिन्द भट्टराईका साथै सञ्जय लुइँटेल र ट्रान्सपोर्ट इन्जिनियरहरुले सुरक्षित यात्राको तालीम समेत प्रदान गरे ।

प्रिन्सिपल मञ्जु चित्रकारको स्कुललाई जिल्लाकै नमुना बनाउने उदेश्य अनुरुप यस किसिमको अभियान शुरु गरिएको बताइन् ।

अन्तर्राष्ट्रिय रोड एसेस्मेन्ट प्रोग्राम अन्तर्गत अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) ले विश्वभर स्टार रेटिङ स्कुल बनाउने गर्दछ । नेपालभर हाल १४ वटा स्कुल कलेजमा सो अभियान शुरु गरिएको नासा नेपालले जनाएको छ ।

सम्बन्धित समाचारहरू

नासा नेपालको लुम्बिनी प्रदेश संघ गठन, गौतम बने संयोजक

नासा नेपालको लुम्बिनी प्रदेश संघ गठन, गौतम बने संयोजक

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को लुम्बिनी प्रदेशमा भएको...

आगामी माघ ३ गते काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गरिने

आगामी माघ ३ गते काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गरिने

काठमाडौं – आगामी २०७९ माघ ३ गते अर्थात सन् २०२३ जनवरी १६ तारिखका दिन...

नासा नेपाल बन्यो एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसन

नासा नेपाल बन्यो एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसन

काठमाडौं – अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) द्वारा प्रदान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...