कारका लागि सेनिटाइजेसन प्रविधिको विकास, ९९.९ प्रतिशत कीटाणु नष्ट हुने र दुर्गन्ध पनि हट्ने

हुन्डाई र कियाले संयुक्त रूपमा कारका लागि प्लाज्मा केयर यूभीसी प्रविधिको विकास गरेका छन् । यो  कारभित्र प्रयोग गर्न मिल्ने विश्वकै पहिलो सेनिटाइजेसन सिस्टम हो, जसले कारभित्रको वातावरणलाई सुरक्षित र स्वच्छ बनाउन मद्दत गर्छ ।

सो सिस्टमले विशेष प्रकारको यूभी लाइट प्रयोग गरेर कारको भित्री भागमा रहेका ब्याक्टेरिया, भाइरस तथा दुर्गन्ध हटाउने काम गर्छ। कम्पनीका अनुसार सो प्रविधिले यात्रुलाई कुनै हानी नगरी कारको क्याबिनलाई प्रभावकारी रूपमा कीटाणुरहित बनाउन सक्छ।

सामान्यतया यूभी लाइट मानव छाला र आँखाका लागि हानिकारक मानिन्छ। तर हुन्डाई र कियाले प्रयोग गरेको सो सिस्टमले २०० देखि २३० न्यानोमिटरको फार यूभीसी लाइट प्रयोग गर्छ। कम्पनीका अनुसार यसले हावा र सतहमा रहेका ब्याक्टेरिया तथा भाइरसलाई नष्ट गर्छ, तर यसको किरणले मानव छाला र आँखालाई कुनै हानी पुर्याउदैन । साथै यसमा एलईडी लाइटको सट्टा विशेष प्लाज्मा लाइट र सेफ्टी फिल्टर प्रयोग गरिएको छ ।

हुन्डाई र कियाले सो प्रविधि बन्द परीक्षण कक्ष र कियाको पीभी५ इलेक्ट्रिक भ्यानमा परीक्षण गरेका थिए। परीक्षणका क्रममा सो सिस्टमले केवल ३० सेकेन्डमै ९९.९ प्रतिशत ब्याक्टेरिया नष्ट गरेको र ६० सेकेन्डभित्र पूर्ण रूपमा हटाएको कम्पनीले जनाएको छ। त्यसैगरी बन्द कक्षमा ३० मिनेटसम्म सिस्टम सञ्चालन गर्दा हावामा रहेका ९६.८ प्रतिशत भाइरस हटेको देखिएको छ। कियाको पीभी५ इलेक्ट्रिक भ्यानमा ४० मिनेटसम्म परीक्षण गर्दा पनि ९९.९ प्रतिशत ब्याक्टेरिया हटाउन सफल भएको कम्पनीको दाबी छ।

यद्यपि सो प्रविधि तत्काल बजारमा उपलब्ध हुने सम्भावना भने कम देखिन्छ। उत्पादनमा प्रयोग गर्नुअघि विभिन्न सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गर्नुपर्नेछ। साथै यूभी लाइटको लामो समयसम्मको प्रयोगले ड्यासबोर्डका प्लास्टिक, सिटमा प्रयोग गरिएका छाला वा कपडामा समयअघि नै क्षति पुग्ने वा रङ परिवर्तन हुने सम्भावनाबारे पनि थप अध्ययन आवश्यक रहेको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचारहरू

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...

हुन्डाई आयोनिक३ सार्बजनिक, यस्तो छ युरोपेली बजार लक्षित नयाँ विद्युतीय एसयूभी

हुन्डाई आयोनिक३ सार्बजनिक, यस्तो छ युरोपेली बजार लक्षित नयाँ विद्युतीय एसयूभी

हुन्डाईले आफ्नो नयाँ विद्युतीय एसयूभी आयोनिक३ सार्बजनिक गरेको छ ।...

प्रधानमन्त्री र मन्त्रीहरुको व्यक्तिगत सवारी साधन के छ ? सम्पत्ति विवरणले देखायो यस्तो तथ्य

प्रधानमन्त्री र मन्त्रीहरुको व्यक्तिगत सवारी साधन के छ ? सम्पत्ति विवरणले देखायो यस्तो तथ्य

काठमाडौं – प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...