नयाँ लुक र उन्नत सुविधासहित तेस्रो पुस्ताको होन्डा अमेजको डिजाइन स्केच सार्वजनिक

होन्डाले आफ्नो सबैभन्दा लोकप्रिय सेडान कार अमेजको तेस्रो पुस्ताको मोडलको डिजाइन स्केच सार्वजनिक गरेको छ । कम्पनीले उक्त सब कम्प्याक्ट सेडानको इन्टेरियर डिजाइन र एक्सटेरियर डिजाइन सामाजिक सञ्जालमा शेयर गरेको छ ।

होन्डाले जारी गरेको स्केच अनुसार आगामी होन्डा अमेजको लुक नयाँ होन्डा सिटी र अन्तर्राष्ट्रिय मोडल होन्डा एकर्डबाट इन्सपायर भएको देखिन्छ । अमेजको फ्रन्टमा शार्प स्टाइल लाइन्स र हेक्सागोनल ग्रिल दिइएको छ। यसको दुबै छेउमा एलईडी डीआरएलको साथ पातलो एलईडी हेडलाइट छ, जुन होन्डा एलिभेट एसयूभी जस्तो देखिन्छ। यसमा मल्टि-स्पोक अलोय ह्विल, स्लीक एलईडी टेललाइट र होन्डा सिटीजस्तै उच्च बम्पर दिन सकिन्छ।

साथै कम्पनीले यसको क्याबिनको स्केच पनि सार्वजनिक गरेको छ । यसमा नयाँ ड्यासबोर्ड लेआउट र नयाँ क्याबिन थिम दिइएको छ । क्याबिन भित्र कालो र बेज कलरको थिमसहितको ३ स्पोक स्टेयरिङ ह्विल दिइएको छ ।

नयाँ अमेजमा वायरलेस फोन चार्जर र सिंगल पेन सनरुफ जस्ता नयाँ फिचर हुनेछ । सेफ्टीका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर भ्यु क्यामेरासहितको एडभान्स ड्राइभिङ असिस्ट सिस्टम पनि उपलब्ध गराउन सकिन्छ ।

होन्डा अमेजमा मेकानिकल परिवर्तन हुने सम्भावना कम छ । अमेजमा हाल १.२ लिटर आई-भीटेक नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन उपलब्ध छ, जसले ८७.७ एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि यसको इन्जिनमा ५ स्पिड म्यानुअल वा सीभीटी गियरबक्सको विकल्प छ । अमेज पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ । सो कारले १८.६ किलोमिटर प्रति घण्टा माइलेज दिने कम्पनीको दाबी छ ।

नयाँ पुस्ताको होन्डा अमेजको मूल्य ७ लाख ५० हजार भारुबाट सुरु हुने अपेक्षा गरिएको छ। यसले नयाँ पुस्ताको मारुती डिजायर, टाटा टिगोर र हुन्डाई औरासँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

होन्डाको ७०औं वार्षिकोत्सव वारेमा आएको फेक एसएमएसको भ्रममा नपर्न अनुरोध

होन्डाको ७०औं वार्षिकोत्सव वारेमा आएको फेक एसएमएसको भ्रममा नपर्न अनुरोध

काठमाडौं – होन्डाको ७०औं वार्षिकोत्सवको अवसरमा बधाई सहितको एसएमएस...

क्लासिक ३५० संग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ बाइक

क्लासिक ३५० संग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ बाइक

होन्डाले ३५० सिसी लाइनअपमा नयाँ मोटरसाइकल थप गरेको छ । सिबी ३५० नामले आएको...

पहिलो हाइब्रिड सेडान ईःएचईभी होन्डा सिटी २०२३ एक महिनामै नेपाल भित्रिदै

पहिलो हाइब्रिड सेडान ईःएचईभी होन्डा सिटी २०२३ एक महिनामै नेपाल भित्रिदै

काठमाडौं – नेपाली बजारमा होन्डाको हाइब्रिड सेडान ईःएचईभी होन्डा सिटी २०२३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...