रसुवामा बाढीको प्रारम्भिक विवरण : ४१ किलोमिटर सडक, ८ जलविद्युत् र २४ वटा पुलमा पूर्ण क्षति

रसुवा - भोटेकोशी बाढीले रसुवामा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ १० गते आएको बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ वटा सरकारी तथा सार्वजनिक भवनमा क्षति पुगेको छ । त्यस्तै, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था र एउटा पेट्रोल पम्पसमेत प्रभावित भएका छन् । बाढीले जिल्लाका करिब १ हजार ५०० निजी घरमा क्षति पुर्‍याएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

बाढीले जिल्लाको सडक तथा पुल पूर्वाधारमा पनि व्यापक क्षति गरेको छ । प्रारम्भिक विवरणअनुसार ४१ किलोमिटर सडक बगाएको छ भने छ वटा पक्की पुल, आठ वटा बेलिब्रिज र १० वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

भोटेकोशी, त्रिशूली नदी तथा लाङ्टाङ खोलामा निर्माण भएका जलविद्युत् आयोजनाहरू पनि बाढीको चपेटामा परेका छन् । प्रशासनका अनुसार जिल्लाका आठ वटा जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ ।

बाढीबाट १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला र २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा क्षति पुगेको छ ।

त्यस्तै, पाँच मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७ दशमलव तीन मेगावाटको त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनासमेत बाढीबाट प्रभावित भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विवरण प्रारम्भिक भएकाले क्षतिको थप मूल्यांकन तथा विवरण संकलनको काम जारी रहेको जनाएको छ । बाढीबाट पूर्वाधार, निजी आवास तथा ऊर्जा क्षेत्रमा भएको क्षतिको पुनः मूल्यांकनपछि क्षतिको वास्तविक परिमाण अझ बढ्न सक्ने देखिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...