विद्युतीय सवारीमा भाडा वृद्धि लागू नहुने, नियम उल्लंघन गरे कारबाही हुने विभागको चेतावनी

यातायात व्यवस्था विभागले विद्युतीय सवारीसाधनमा हालै समायोजन गरिएको भाडा वृद्धि लागू नहुने स्पष्ट पारेको छ । विभागले एक सूचना जारी गर्दै डिजेल इन्धनको मूल्यवृद्धिका आधारमा गरिएको भाडा समायोजन विद्युतीय सवारीमा लागू नहुने जनाएको हो ।

विभागका अनुसार अन्तर्राष्ट्रिय स्तरमा जैविक इन्धनको मूल्य बढेपछि स्वचालित भाडा समायोजन सिस्टमअनुसार अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनको भाडा परिमार्जन गरिएको हो । तर उक्त वृद्धि यात्रुवाहक तथा मालवाहक डिजेल सवारीमा मात्र लागू हुने र विद्युतीय सवारीसाधनमा लागू नहुने स्पष्ट गरिएको छ।

विभागले अन्तरप्रदेशीय सार्वजनिक सवारीको भाडा समायोजन गर्दा डिजेलबाट सञ्चालन हुने सवारीमा मात्र वृद्धि लागू हुने स्पष्ट पारेको छ । तर केही विद्युतीय सवारी सञ्चालकहरूले पनि भाडा बढाएको गुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो ।

विभागका अनुसार विद्युतीय सवारीसाधनमा पहिले कायम भाडादर नै लागू हुनेछ । साथै, यात्रुबाट भाडा असुल्दा अनिवार्य रूपमा टिकट दिनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिने जनाएको छ । विभागले सबै यातायात सेवा प्रदायकलाई नियम पालना गर्न तथा यात्रुको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

‘कुनै कुनै विद्युतीय सवारीसाधन प्रयोग गर्ने यातायात सेवा प्रदायकबाट यात्रु ओसार–पसार गर्दा माथि उल्लेख भए अनुसार वृद्धि भएको भाडा असुलिएको साथै यात्रुलाई यात्री टिकट समेत नदिइएको गुनासो प्राप्त भएको हुँदा विद्युतीय सवारीसाधनको हकमा साविककै भाडादर कायम रहेको तथा यातायात सेवा प्रदायकले यात्रुले भाडा तिरेको यात्री टिकट अनिवार्य रूपमा दिनुपर्ने प्रावधान रहेकोले सोही अनुसार गर्नु/गराउनु हुन अनुरोध छ’, विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यदि उक्त व्यवस्थाले जारी गरेको सूचना विपरीत भए वा गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ तथा अन्य प्रचलित कानुन बमोजिमको कारबाही हुने विभागले चेतावनी दिएको छ ।

सम्बन्धित समाचारहरू

हिरो मोटोकर्पले भिडा ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डको नाममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने...

कस्टमाइज्ड भएर आयो लुयानको एस९० स्कुटर

कस्टमाइज्ड भएर आयो लुयानको एस९० स्कुटर

काठमाडौं– लुयानको इलेक्ट्रिक स्कुटर ‘एस९०’ कस्टमाइज्ड भएर आएको छ । नेपाली...

सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग

सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग

काठमाडौं – नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना गर्न लागेको “सगरमाथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...