बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
जिपको लोकप्रिय एसयूभी कम्पास २०२३ मोडलको डेलिभरी शुरु भएको छ । नेपालका लागि आधिकारिक वितरक लाइफ अटोमोवाइल्सले केही दिनयता यो नयाँ मोडलको डेलिभरी दिन थालेको हो । लामो समयको आयत प्रतिवन्धका कारण ग्राहकले यो एसयुभी खरिद गर्न पाएका थिएनन् । २०२३ कम्पासको शुरुवाती मूल्य १ कारोड ४ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । यो एसयूभी कुल ७ भेरिएन्टमा उपलब्ध छ ।
नेपाली बजारमा यो एसयूभी १.४ लिटर पेट्रोल र २.० लिटर डिजेल इन्जिनमा उपलब्ध रहँदै आएको छ । जसको पावर क्रमश १६२ पिएस र १७० पिएस तथा टर्क २५० एनएम र ३५० एनएम छ । फ्रन्ट ह्विल ड्राइभ दिइएको पेट्रोल भेरिएन्टमा ६ स्पिड म्यानुल र ७ स्पिड डिसिटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ भने डेलमा फोर ह्विल ड्राइभ दिइएको छ । जसमा ६ स्पिड म्यानुल र ९ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । कम्पासको टप स्पिड २०२ किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पास २०२३ को साइड प्रोफाइलमा केही सुधार भएको देख्न सकिन्छ । साथै यसको ग्रिललाई रिडिजाइन गरिएको छ भने एलइडी हेडल्याम्पमा समेत सुधार गरिएको छ । यसमा फक्स स्किड प्लेट सहितको नयाँ वम्पर, नयाँ अलोई ह्विल, नयाँ एसी भेन्ट सहितको रिडिजाइन गरिएको ड्यासवोर्ड, नयाँ थ्रि स्पोक स्टेरिङ ह्विल, १०.१ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको इन्स्ट्रयूमेन्ट क्लस्टर, वायरलेस चार्जर र भेन्टिलेटेड फ्रन्ट सिट लगायत फिचर पाउन सकिन्छ ।
सेफ्टि फिचर अन्तर्गत यसमा ७ वटा एयरव्याग, ३६० डिग्री क्यामेरा, रिभर्स पार्किङ सेन्सर, इविडी सहितको एविएस, ट्रयाक्सन कन्ट्रोल, हिल एसिस्ट कन्ट्रोल लागयत उपलब्ध छ ।
यसको सवैभन्दा सस्तो भेरिएन्ट स्पोर्ट एमटी–पेट्रोलको मूल्य १ करोड ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने सवैभन्दा महंयो भेरिएन्ट मोडल एस एटी फोर ह्विल ड्राइभ–एटकिो १ करोड ५३ लाख ९० हजार पर्छ ।
वाँकी भेरिएन्टमा लिमिटेड(ओ) डिसिटी एटी–पेट्रोलको १ करोड १९ लाख ९० हजार, मोडल एस(ओ) एटी–पेट्रललाई १ करोड २९ लाख ९० हजार र लिमिटेड(ओ) एमटी–डिजेललाई १ करोड २८ लाख ९० हजार पर्छ । यसैगरी, लिमिटेट(ओ) एटी फोर ह्विल ड्राइभ–डिजेलको १ करोड ४३ लाख ९० हजार र मोड एस एमटी–डीजेलको १ करोड ३५ लाख ९० हजार तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...