अटो पाइलट मोडमा गुडाएर टेस्ला चालक मस्त निदाएपछि
जर्मनीमा एक जना टेस्ला चालकलाई अटो पाइलट मोडमा गाडी गुडाएर मस्त निदाएको...
काठमाडौं–चांगान तथा दिपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आजदेखी बुटवलस्थित कालिकानगरमा दिपलको नयाँ सोरुम संचालनमा ल्याएको छ । एमएडब्लु वृद्धिले जेनस मोटर्समार्फत लुम्बिनी प्रदेशका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो ।
नयाँ सोरुमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ र जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले संयुक्त रुपमा गरे । यसै अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ को विक्री पनि सुरु गरिएको छ ।
बुटवलमा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले भैरहवास्थित मौर्य होटलबाट बिहीबारबाट तीन दिनका लागि ‘टेस्ट ड्राइभ द फ्युचर’ नाम दिइएको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । यस अवधिमा लुम्बिनी प्रदेशका इभी प्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्ने जनाइएको छ ।

टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले निशूल्क डाइमण्ड कोटिङ, निशूल्क ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट तथा टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस पनि पाउने कम्पनी भनाई छ । साथै, दिपलका ईभी टेस्ट ड्राइभ गर्नेे सबैले उपहार समेत पाउनेछन् ।
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेड–अप–डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायत १५ भन्दा बढी फस्र्ट टाइम फिचरहरु राखिएका छन् । जसका कारण यो इभी नेपाली बजारमा सात सय भन्दा बढी विक्री भइसकेको दाबी गरिएको छ ।
जर्मनीमा एक जना टेस्ला चालकलाई अटो पाइलट मोडमा गाडी गुडाएर मस्त निदाएको...
काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर अर्थात जीडब्ल्युएमको आधिकारिक...
बुटवल – नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...