दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम पोखरामा, आकर्षक अफरसहित टेस्ट ड्राइभ क्याम्प सुरु

पोखरा - नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आज पोखराको चाउथेमा दिपलको नयाँ सोरुम उद्घाटन गरेको छ ।

एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल ईभीको फर्स्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो ।

दिपलको नयाँ सोरुमलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दिप चार्टजीले संयुक्त रुपमा गरेका हुन् । सो अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ को पनि रिजनल लन्च गरिएको थियो ।

पोखरामा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले नयाँ सोरुमबाटै शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । यो अवधिमा गण्डकी क्षेत्रका ईभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

टेस्ट ड्राइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डाइमण्ड कोटिङ, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउनेछन् । यसका अलावा दिपलका ईभी टेस्टड्राइभ गर्ने सबैले दिपलको तर्फबाट उपहार प्राप्त गर्नेछन् ।

नयाँ सोरुम उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशमन्त्री बिन्दुकुमार थापाले अटोमोबाइलमा सेल्स, सर्भिस र स्पेयर्सको उत्तिकै महत्व हुने बताए । स्पेयर्स पार्ट्सको उपलब्धता र मूल्य पनि महत्वपूर्ण हुने उनले बताए ।

त्यसैगरी, नाडाका अध्यक्ष करण चौधरीले नेपाल विद्युतीकरणमा निकै अगाडि बढिसकेको र कुल आयातको ७२ प्रतिशत गाडी ईभी भएको बताए । उनले नेपालमा अहिले राम्रो प्रदर्शन गरिरहेको दिपलले ग्राहकबाट भरोसा जितिरहेको बताए । उनले दिपल पोखरा बजारले चाहने जस्तो डिजाइन र पर्फर्मेन्सले भरिएको पनि बताए ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो ईभी नेपाली बजारमा सात सयभन्दा बढी बिक्री भइसकेको छ ।

सम्बन्धित समाचारहरू

५९० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार लन्च, ५.७ सेकेन्डमा १०० किमी सम्मको स्पिड

५९० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार लन्च, ५.७ सेकेन्डमा १०० किमी सम्मको स्पिड

बीएमडब्ल्यु इन्डियाले भारतमा आई४ अल इलेक्ट्रिक सेडान कार लन्च गरेको छ ।...

अटो शोमा लन्च गरिने केईका तीन ईभीको नाम बताउनेलाई उपहारमा मिक्सर ग्राइन्डर

अटो शोमा लन्च गरिने केईका तीन ईभीको नाम बताउनेलाई उपहारमा मिक्सर ग्राइन्डर

काठमाडौं– केईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले अटो...

१८ महिना भित्र इलेक्ट्रिक टु ह्विलरको सिरिज ल्याउने टिभिएसको घोषणा

१८ महिना भित्र इलेक्ट्रिक टु ह्विलरको सिरिज ल्याउने टिभिएसको घोषणा

काठमाडौं– भारतीय टु ह्विलर निर्माता टिभिएसले अवको १८ महिनाभित्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...