सिट्रोनले ल्यायो इलेक्ट्रिक कार ईसी३, यस्तो छ विशेषता
सिट्रोनले आफ्नो लोकप्रिय कार सी३ को इलेक्ट्रिक भर्सन ईसी३ भारतमा लन्च...
काठमाडौं – नेपाली बजारमा राम्रो बिक्री भइरहेको दिपल एस ०७ को मूल्य ३ लाख रुपैयाँले बढेको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले यसको मूल्य अब ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
केही महिना पहिले मात्र लन्च भएको सो गाडीको इन्ट्रोडक्टरी मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो । हाल बजेटले समेत इलेक्ट्रिक गाडीको करमा केही परिवर्तन गरेका कारणले यो मूल्य कायम गरिएको अनुमान गर्न सकिन्छ ।
अब सो गाडीको बुकिङ फेरि खुला गरिएको छ । यद्यपि गाडी डेलिभरी भने असार मसान्त पश्चात मात्र हुने कम्पनी स्रोतको भनाइ छ ।
नयाँ दिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर पाउन सकिन्छ । जसले ‘इलेक्ट्रिक मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउँछ । दिपल एक सय १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो, जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ ।
१५ भन्दाबढी ‘फर्स्ट टाइम इन नेपाल’ फिचर
दिपल एस०७ मा इभी डेडिकेटेड ‘इपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ रहेको छ । कारमा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज दिने दावी गरिएको छ ।
अटोमोबाइल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरु छन् । संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतमार्फत नै कमान्ड लिन सक्छ । साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ, जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना प्रदान गर्दै ड्राइभिङलाई सहज र सुरक्षित बनाउँछ ।
साथै, क्याबीनको बीचमा १५.६ इन्चको ‘सन फ्लावर टचस्क्रिन’ रहेको छ, जुन टचस्क्रिनलाई इन्टरयाक्ट गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपल ०७ मा ‘वेलकमिङ सिट’ पनि रहेको छ, जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । कारको अगाडी र पछाडी दुबै भागमा सामान राख्नका लागि १२५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको २० इन्चको विशाल टायरले इभीलाई आकर्षक बनाउनुका साथै पर्फमेन्समा सुधार ल्याउन समेत मद्धत गर्छ ।
नेपालमै पहिलोपटक ईभीमा ४ वटा ‘ड्राइभिङ मोड’ दिइएको यो कारलाई इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज मोडमा ड्राइभ गर्न सकिन्छ । ड्राइभिङ मोड धेरै भएका कारण चालकलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउँछ ।
दिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो एसयुभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ लाई बलियो बनाएको छ । साथै यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर छन् ।
कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिकलाइट सो’ जस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड’हरु छन् । साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेड’लाई खोल्न र बन्दगर्न सकिने टचस्क्रिन रहेको छ ।
सुरक्षाका लागि दिपल एस०७मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’ सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिंग’, ‘ड्राइभर फ्याटिग मनिटरिंग सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निंग’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहितको ३६० डिग्री क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निंग’ लगायत प्रशस्तै फिचर पाउन सकिन्छ ।
सिट्रोनले आफ्नो लोकप्रिय कार सी३ को इलेक्ट्रिक भर्सन ईसी३ भारतमा लन्च...
काठमाडौं – नेपाली बजारमा उपलब्ध भारतीय स्कुटर ब्रान्ड प्योर ईभीले नयाँ...
चर्चित जर्मन लक्जरी कार निर्माता कम्पनी औडीले औडी ई–ट्रोन र औडी ई–ट्रोन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...