दिपलको सफल मोडल एस०७ को नयाँ भेरिएन्ट आउँदो साता सार्वजनिक हुँदै

काठमाडौं - नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी दिपल एस०७ को नयाँ भेरिएन्ट आईसीए आगामी साता नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

१० भन्दा बढी इन्डस्ट्री फस्ट फिचरहरु र बेजोड डिजाइनमार्फत आफ्नो सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ ले अब नयाँ मापदण्डको इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिलाउने बताइएको छ ।

दोस्रो ठूलो चिनियाँ अटोमोबाइल ग्रुपले उत्पादन गर्ने दिपल एस०७ आईसीएले अब डिजाइन र स्टाइललाई फ्युचरिस्टिक कनेक्टिभिटीसँग सम्मिश्रण गरेर स्लिक र कमान्डिङ एसयूभी प्याकेज बनाउनेछ । नयाँ एलएफपी ब्याट्री केमेस्ट्रिमा उपलब्ध हुने दिपल एस०७ आईसीएले आधुनिक इलेक्ट्रिक एसयूभीबाट नेपाली ग्राहकले केसम्म अपेक्षा गर्न सकिन्छ भन्ने कुरालाई प्रष्ट्याउनेछ ।

नेपालमा सार्वजनिक भएको १८ महिनामा दिपलले आफूलाई नेपालकै सबैभन्दा रुचाइएको ईभी ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ । यसको बजोड डिजाइन र अतुलनीय प्रविधि तथा सम्झौता नगरिएको ड्राइभिङ एक्सपिरियन्सले यसलाई नेपालकै नं १ लक्जरी ईभी ब्रान्ड बनाएको कम्पनीकाे दावी छ ।

यसमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, हेडरेस्ट र आउटडोर स्पिकर, २० इन्चको टायर, १२५ लिटरको फ्रंक लगायतका फिचरले गर्दा नेपालमा ९ सयभन्दा बढी दिपल एस०७ बिक्री भइसकेको छ ।

नयाँ एस०७ आईसीएले दिपलको यो स्थानलाई कायम गर्ने अपेक्षा एमएडब्लु वृद्धिले गरेको बताएकाे छ ।

सम्बन्धित समाचारहरू

ईभी पायोनियर अवार्डद्वारा चीनमा सम्मानित भयाे नेपालकाे एसपीजी अटाेमाेबाइल्स

ईभी पायोनियर अवार्डद्वारा चीनमा सम्मानित भयाे नेपालकाे एसपीजी अटाेमाेबाइल्स

काठमाडौं – चेरी अटोमोबाइल कम्पनी लिमिटेडको सब-ब्रान्ड, ओमोडा एन्ड जेइको...

साउनमा कति भित्रिए इलेक्ट्रिक र अन्य कार ?

साउनमा कति भित्रिए इलेक्ट्रिक र अन्य कार ?

काठमाडौं – नयाँ आर्थिक वर्षको प्रारम्भिक महिना साउनमा थोरै मात्र सवारी...

अल्ट्राभाइलेटको वहुप्रतिक्षित इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, रेन्ज ३०७ किलोमिटरसम्म

अल्ट्राभाइलेटको वहुप्रतिक्षित इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, रेन्ज ३०७ किलोमिटरसम्म

भारतमा हिँजो नयाँ व्रान्डको इलेक्ट्रिक मोटरसाइल लन्च गरिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...