दिपल एस०५ पाउन केही महिना पर्खिनु पर्ने : नेपाली अटोमोबाइलमा एक ‘नयाँ सनसनी’

काठमाडौं – तपाई दिपल एस०५ ईभी किन्ने योजनामा हुनुहुन्छ भने अहिले तुरुन्तै गाडी पाउने सम्भावना छैन । दिपलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले हाल बुकिङ गरेका ग्राहकहरुका लागि केही दिनमै गाडी नेपाल आइपुग्ने र बाँकी ग्राहकले भने केही समय पर्खिनु पर्ने बताएको छ ।

कम्पनी स्रोतका अनुसार कमसेकम आगामी सेप्टेम्बर महिना सम्मका लागि बुकिङ प्याक भइसकेको छ । बाँकी ग्राहकहरुले भने गाडी पाउनका लागि त्यसै अनुसार पर्खिनु पर्ने हुन सक्छ ।

नेपाली अटोमोबाइल बजारले धेरै गाडीहरुको आगमन देखेको छ तर दिपल एस०५ को जस्तो आगमन विरलै हुन्छ । दिपल एस०५ ले गएको अगस्टमा नाडा अटो सोभन्दा केही दिनअघि नेपालमा धमाकेदार इन्ट्री गरेको थियो । त्यो एउटा कार लन्च मात्र थिएन, एउटा त्यस्तो पल थियो जुन नेपाली अटोमोबाइल क्षेत्रले कहिल्यै विर्सन सक्दैन ।

नेपाली अटोबजारले लामो समयदेखि लक्जरी, स्टाइल र टेक्नोलोजीको सही सम्मिश्रण भएको कार खोजिरहेको थियो र एस०५ ले यी सबै पक्षमा आफूलाई सर्वोत्कृष्ट प्रमाणित गरेको छ । र, यो छोटो समयमै नेपाली बजारको प्रतिक्रियाले उद्योगलाई नै चकित पारेको दिपलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले जनाएको छ ।

कम्पनीले भनेको छ – सार्वजनिक भएको दिनदेखि आजका दिनसम्म नेपाल भित्रिएको एस०५ का हरेक युनिटले गर्वित घर पाइसकेको छ र यसको माग कम दिने कुनै संकेत देखिएको छैन । एस०७ को सफलतापछि दिपल एस०५ ले नेपालका विवेकशिल ग्राहकलाई लक्जरी, स्टाइल र टेक्नोलोजीको सही मिश्रण प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिइरहेको छ ।

दिपल एस०५ नेपालका चर्चित सेलिब्रिटीदेखि प्रभावशाली व्यक्तिहरुको रोजाइमा परेको छ जसले यो ईभीलाई सम्झौता गर्न तयार नभएकाहरुको लागि बनेको हो भन्ने प्रमाणित गरेको छ ।

सौन्दर्य विधामा संसारकै ठूलो अटोमोटिभ अवार्ड आईएफ इन्टरनेसनल डिजाइन अवार्ड २०२५ विजेता एस०५ मा शार्क नोज फ्रन्टसहितको बोल्ड इन्टरस्टेलर डिजाइन, विमानबाट प्रभावित हेडल्याम्प र सेग्मेन्ट फर्स्ट फ्रेमलेस डोर तथा फ्लस ह्यान्डल रहेको छ । साथै यसमा नेपालमा उपलब्ध एसयूभी सेग्मेन्टमै सबैभन्दा कम ०.२५८ सिडी ड्रयाग कोफिसेन्ट रहेको छ जसले सुन्दरता मात्र होइन प्रदर्शनलाई पनि बेजोड बनाएको छ । साथै, यसमा इन्डष्ट्रि फर्स्ट क्विन कोपाइलट सिट, एम्बियन्ट सराउन्ड लाइटिङ र १२६० वाटको १४ स्पिकर स्काई सराउन्ड साउन्ड सिस्टमले हरेक यात्रामा लक्जरीको अनुभव गराउँछ ।

ग्राहकहरु यसमा प्रयोग भएको प्रविधिबाट पनि खुशी छन् । यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, रिमोट इन एन्ड आउट पार्किङ फिचर, १९ सेफ्टी फिचरसहित एडास २.० र इन्डष्ट्रिमै सबैभन्दा ठूलो १६० लिटरको फ्रंक प्रयोग भएको छ ।

साथै, नेपालकै सबैभन्दा एड्भान्स्ड सीएटीएलको गोल्डेनशिल्ड ब्याट्री २.० प्रयोग भएको छ जसको चार्जिङ साइकल ५००० रहेको छ । यो ब्याट्री मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ ।

दिपल एस०५ को लोभलाग्दो सफलता र लामो वेटिङ लिस्टले यसलाई नेपाली अटोमोटिभ जगतको ‘नयाँ सनसनी’ बनाएको छ ।

सम्बन्धित समाचारहरू

चेङदु मोटर शो २०२२ मा जीडब्लुएमका न्यु इनर्जी भेइकलको लर्को, धेरैको ध्यान खिच्न सफल

चेङदु मोटर शो २०२२ मा जीडब्लुएमका न्यु इनर्जी भेइकलको लर्को, धेरैको ध्यान खिच्न सफल

ग्रेटवाल मोटर्स (जीडब्लुएम) ले चीनमा चलिरहेको चेङदु मोटर शो २०२२ मा आफ्ना ६...

बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक एसएभी अब नेपालमा, मूल्य २ करोड ३० लाख

बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक एसएभी अब नेपालमा, मूल्य २ करोड ३० लाख

काठमाडौं – बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक स्पोर्टस् एक्टिभिटी भेइकल...

यस्ता छन् बीवाईडीको बारेमा जान्नै पर्ने तथ्यहरु

यस्ता छन् बीवाईडीको बारेमा जान्नै पर्ने तथ्यहरु

बिल्ड योर ड्रिम्स (बीवाईडी) एक चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी हो।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...