दिपल ईभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने

काठमाडौं– नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटो कर्पले बजारमै सबैभन्दा कम ४.९९ प्रतिशत निश्चित ब्याजदरमै दिपलका ईभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभी प्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक ईभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा आफ्नो बनाउन सक्ने जनाइएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।

यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरमात्र होइन, निशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै उत्कृष्ट रिकन्डिसन हाउसहरु मार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउनेछन् । सन् २०२४ मा नेपालमा दिपल ईभीले चुमेको सफलतालाई मनाउन ‘न्यु इयर, न्यु दिपल’ योजना अघि सारिएको हो ।

कम्पनीका अनुसार दिपल एस०७ र दिपलएल०७ मा १५ भन्दा बढी ‘फस्र्ट टाइम इन नेपाल’ फिचर छन्, जसले यी ईभीलाई बजारकै सबैभन्दा बढी रुचाइएको इभी बनाएको छ । यसमा सन फ्लावर टच स्क्रिन, अग्मेन्टेड रियालिटी हेड–अप–डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरु छन् ।

क्रान्तिकारी डिजाइन र अत्याधुनिक प्रविधिका कारण चर्चित दिपल ईभीले छोटो समयमै नेपालमा सात सय युनिटभन्दा बढी बिक्री पाइसकेको कम्पनी दाबी छ ।

सम्बन्धित समाचारहरू

दुई एसयूभी ‘स्पेसलिस्ट’ले सार्वजनिक गरे एकै दिन इलेक्ट्रिक कार, यस्तो छ महिन्द्रा र जीपको नयाँ इभी

दुई एसयूभी ‘स्पेसलिस्ट’ले सार्वजनिक गरे एकै दिन इलेक्ट्रिक कार, यस्तो छ महिन्द्रा र जीपको नयाँ इभी

एसयूभी स्पेसलिस्टका रुपमा परिचित अमेरिकन आइकनिक ब्रान्ड जीप र भारतीय...

२५० किलोमिटर रेन्ज दिने किङ्ग लङ्गका विद्युतीय माईक्रो बस नेपाली बजारमा

२५० किलोमिटर रेन्ज दिने किङ्ग लङ्गका विद्युतीय माईक्रो बस नेपाली बजारमा

नेपाली अटो बजारमा नयाँ ब्रान्डको विद्युतिय माइक्रो वस भित्रिएको छ । विगत...

मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता कार्कीले पाइन लुयानको इलेक्ट्रिक स्कुटर

मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता कार्कीले पाइन लुयानको इलेक्ट्रिक स्कुटर

काठमाडौं– हालै सम्पन्न मिसेस नेपाल वर्ल्ड२०२४ कि विजेता डा. डेनिला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...