दिपल एस०७ को सफलतापछि नाडामा आउँदै प्रिमियम सेडान दिपल एल०७

नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि चांगान नेपालले बहुप्रतिक्षित दिपल एल०७ प्रिमियम ईभी सेडानलाई नाडा अटो शोमा सार्वजनिक गर्ने भएको छ ।

सार्वजनिक भएको चार महिनामै दिपल एस०७ लाई फ्युचरिस्टिक डिजाइन र इनोभेटिभ फिचरका कारण नेपाली ग्राहकले मन पराएका थिए । अब एल०७ ले एस०७ ले स्थापित गरेको अटोमोबाइल प्रविधिको मापदण्डको सीमालाई अघि फैलाउने विश्वास चांगानको औपचारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले लिएको बताएको छ ।

डिजाइनका हिसाबले एल०७ सेडानलाई एल०७ लाई जस्तै मास्टरपिस मान्न सकिन्छ । डिजाइनको हेरिटेज मानिने इटालीको टुरिनमा डिजाइन गरिएको यो ईभीले डिजाइन क्षेत्रको ओस्कार भनेर चिनिने रेड डट अवार्ड २०२३ हासिल गरेको थियो । फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई अझ अब्बल बनाएको छ । पानोरामिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउँछ ।

संगीत, फोन कल र फोटो खिच्ने लगायतका फङसनका लागि एल०७को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतबाट कमान्ड लिन सक्छ । साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ ।

दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिनेछ । लामो यात्राका लागि यो सेडान लक्जरियस र क्यापेबल दुवै हुनेछ । यसका साथै यसमा रियर ह्विल ड्राइभ रहनेछ जसले सन्तुलित पर्फमेन्स दिनेछ । यसको प्रयोग भएको एड्भान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टमले इनर्जी इफिसेन्सीलाई सबल बनाउनेछ ।

साथै, क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्ट¥याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपलमा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । दिपलमा पछाडि मात्र होइन अगाडि बोनटमा पनि सामान राख्नका लागि ७० लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको १९ इन्चको विशाल टायरले ईभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउँछ ।

साथै, यसमा चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउनेछ ।

सुरक्षाका लागि दिपल एल०७ मा ‘इन्टरेक्टिभ एडेप्टिभ क्रुज कन्ट्रोल’सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एयरब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था रहनेछ ।

सम्बन्धित समाचारहरू

बीवाईडी नेपालका धेरै नक्कली पेज र वेबसाइट, आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी

बीवाईडी नेपालका धेरै नक्कली पेज र वेबसाइट, आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक...

नेपालमा लन्च भयाे दिपल एस०५, मूल्य कति ?

नेपालमा लन्च भयाे दिपल एस०५, मूल्य कति ?

नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लक्जरी, स्टाइल र...

चालक बिना चल्न सक्ने पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर हुनेछ ओला सोलो

चालक बिना चल्न सक्ने पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर हुनेछ ओला सोलो

ओला इलेक्ट्रिकले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘ओला सोलो’ सार्वजनिक गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...