सार्वजनिक भएको ५ दिनमा १४ हजार बढी बुक भयो दिपलको यो हार्डकोर इलेक्ट्रिक एसयुभी

यसै साता सार्वजनिक भएको चांगानको दिपल जी–३१८ हार्डकोर इलेक्ट्रिक एसयुभी सार्वजनिक भएको ५ दिनमा १४ हजार १२६ वटा बुकिङ भएको छ ।

२४ हजारदेखि ४३ हजार ८०० डलरसम्म मूल्य तोकिएको जी–३१८ ६ भेरियन्टमा उपलब्ध छ । यसमा सिंगल मोटर रियर ह्विल ड्राइभ र डुअल मोटर फोर ह्विल ड्राइभ भेरियन्ट उपलब्ध छन् । इन्ट्री लेभल टु ह्विल ड्राइभको अहिले प्रि अर्डर भएको हो, जसको डेलिभरी आगामी अगष्टबाट सुरु हुनेछ । टप भेरिएन्टको विक्री २०२५ को सुरुबाट हुने अनुमान छ ।

चांगानको इनोभेटिभ ब्लु कोर प्लेटर्फममा बनेको जी–३१८ मा १.५टी रेन्ज एक्सटेन्डर, हाई पर्फमेन्स इलेक्ट्रिक मोटर र गोल्डन शिल्ड ब्याट्री रहेको छ । यो कम्बिनेसनले रियर ह्विल ड्राइभमा १८५ किलोवाट र फ्रन्ट ह्विल ड्राइभमा १३१ किलोवाट पावर उत्पन्न गर्छ । खसाइबर मेटल आर्मरले यो एसयुभीको एक्टेरियर डिजाइनलाई रगेड बनाएको छ भने यसको ग्राउन्ड क्लेरेन्स २४० एमएम रहेको छ । जुन अनरोड र अफरोड दुवैका लागि अब्बल हुनेछ ।

यसको इन्टेरियर फरेस्ट ब्ल्याक, ग्लेसियर ब्लु र होली लेक ग्रिन गरी तीन कलर अप्सनमा उपलब्ध हुनेछ । कारमा १४.६ इन्चको स्मार्ट स्क्रिन, १२.३ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल र अफरोड क्षमताका लागि ह्यान्डलहरु राखिएका छन् ।

यसमा फ्रन्ट सिट भेन्टिलेसन र हिटिङ, इन्टेलिजेन्ट एडाप्टिभ क्रुज कन्ट्रोल, ५४० डिग्रीको पनोरामिक क्यामेरा र दिपल अपरेटिंग सिस्टम रहेका छन् । साथै यसमा डबल लेयर्ड साउन्ड प्रुफ ग्लास, इएनसी एक्टिभ न्वाइज क्यासेलेसन र आर इपीएस स्टेरिङ सिस्टम छ ।

जी–३१८ ले सीएलटीसी रेटेड १००० किलोमिटर र ब्याट्री पावर्ड १९० किलोमिटरको रेन्ज दिन्छ । साथै यसमा ६ किलोवाटको एक्सटरनल डिस्चार्ज फंक्सन, इलेक्ट्रोनिक इन्फिनिट डिफरेन्सियल लक, रियर एक्सल इलेक्ट्रिक ड्राइभ डिफरेन्सियल लक हुनेछ । जसले अफरोड क्षमतालाई अब्बल बनाउँछ ।

यो एसयुभीलाई इको, कम्फर्ट, स्पोर्ट, एक्सक्लुसिभ र कस्टम गरी पाँच वटा मोड र स्नो, मड, स्यान्ड, रफ र वेडिंग गरी पाँच टेरेन मोडमा चलाउन सकिन्छ । यसबाहेक इनप्लेस युटर्न, हिल डिसेन्ट कन्ट्रोल, अफ रोड क्रिप मोड, एअर सस्पेन्सन, सीडीसी च्यासिस एडजस्टमेन्ट समेत रहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...