बटन थिचेकै भरमा एसयूभीलाई पिकअप ट्रक बनाउन मिल्ने दिपल ई०७ भोलि लन्च हुने

काठामडौं - नेपाली अटो बजारमा केही समययता चर्चा पाइरहेको दिपल ई०७ भोलि लन्च हुने भएको छ । चांगन तथा दिपलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले सो नयाँ ईभीलाई शोरुममा राखेर शनिबार ‘एक्सक्लुसिभ स्निक पीक’ आयोजना गरेको थियो ।

अटोमोबाइल उद्योगमा नयाँ सेग्मेन्ट स्थापना गर्दै विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयूभीको पहिचान बनाएको दिपल ई०७ लाई एउटा बटन थिचेकै भरमा पिकअप ट्रकमा कन्भर्ट गर्न सकिन्छ ।

अत्याधुनिक प्रविधि, अद्वितीय डिजाइन र अफरोड क्षमता समेत भएका कारण दिपालले यसअघि नेपाल ल्याएको बिद्युतिय एसयुभी एस०७ र सेडान कार एल०७ जस्तै ई०७ पनि छिट्टै ईभी पारखीमाझ लोकप्रिय बन्ने अनुमान गर्न सकिन्छ ।

यस नयाँ ईभीमा ९० किलोवाट आवरको ब्याट्री प्याक तथा १९० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । ‘रियर ह्विल ड्राइभ’ सिस्टम दिईको ई०७ ले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ भने यसको रेन्ज ५६६ किलोमिटर दाबी गरिएको छ । यसले ‘अल्ट्रा–फास्ट डीसी चार्जर’ समेत सपोर्ट गर्दछ ।

कठोर भौगोलिक अवस्था र सडकका लागि बनाइएको ई०७ को ‘वाटर–वेडिङ’ क्षमता ६०० एमएम रहेको छ । साथै यसमा २८.८६ इन्चको ‘अग्मेन्टेड एचयुडी’ र ‘थ्रीडी मोडेल कार कन्ट्रोल इन्टरफेस’ रहेको छ । यसबाहेक ‘जिरो ग्रेभिटी’, १८ स्पिकर, ‘अटोपार्किङ’ जस्ता फिचरहरु छन् ।

सम्बन्धित समाचारहरू

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ एसियाली बजारमा पहिलोपटक लन्च भएको छ...

नामी ईभीमा आयो ‘फाइभ स्टार अफर’, यस्ता छन् आकर्षण

नामी ईभीमा आयो ‘फाइभ स्टार अफर’, यस्ता छन् आकर्षण

काठमाडौं– डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले...

दुई एसयूभी ‘स्पेसलिस्ट’ले सार्वजनिक गरे एकै दिन इलेक्ट्रिक कार, यस्तो छ महिन्द्रा र जीपको नयाँ इभी

दुई एसयूभी ‘स्पेसलिस्ट’ले सार्वजनिक गरे एकै दिन इलेक्ट्रिक कार, यस्तो छ महिन्द्रा र जीपको नयाँ इभी

एसयूभी स्पेसलिस्टका रुपमा परिचित अमेरिकन आइकनिक ब्रान्ड जीप र भारतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...