याडिया ओविन इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, दशै विशेष मूल्य २ लाख १० हजार
काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
चिनियाँ अटोमोबाइल जायन्ट चांगानले यसै वर्ष आफ्नो न्यु इनर्जी ब्रान्ड दिपल सार्वजनिक गर्ने भएको छ । चांगानले यो वर्षको अन्तसम्ममा दिपल, कियुआन र अवतारलाई युरोपेली बजारमा उतार्न लागेको हो ।
सन् २०३० सम्ममा युरोपमा वार्षिक तीन लाख कार विक्री गर्ने लक्ष्य पनि लिएको चांगानले युरोपमा प्लान्ट खोल्ने पनि योजना अघि सारेको छ । उसले अबको तीन वर्षमा ६ नयाँ मोडल सार्वजनिक गर्नेछ ।
चांगानले युरोपबाहेक अमेरिका र अफ्रिका तथा अन्य एसियाली बजारमा पनि बजार विस्तार गर्ने योजना बनाएको छ । मध्य र दक्षिण अमेरिकामा चांगान अटोको ध्यान इन्धनबाट चल्ने कारमा केन्द्रित हुनेछ । सन् २०३० सम्ममा उसले त्यो क्षेत्रमा दुई लाख वटा कार विक्री गर्ने लक्ष्य लिएको छ ।
चांगानले गएको फेब्रुअरीबाट मेक्सिकोमा आफ्नो विक्री इकाई सुरु गरेको थियो । त्यसैगरी, मध्य र पूर्वी अफ्रिकामा उसले आईस इन्जिन र न्यु इनर्जी भेइकल दुवैमा ध्यान केन्द्रित गर्नेछ । यो क्षेत्रमा उसको लक्ष्य दुई लाख कार बेच्ने रहनेछ ।
चांगानले भर्खरै थाइल्यान्डमा आफ्नो प्लान्ट बनाएको छ । यहाँबाट वार्षिक एक लाख युनिट कार उत्पादन हुनेछ । चांगानलेले यो वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि डेब्यु गर्नेछ । मध्यपूर्व एसिया र यी दुई मुलुकमा चांगानले वार्षिक तीन लाख युनिटको लक्ष्य राखेको छ ।
काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
कियाले चाँडै नै आफ्नो इलेक्ट्रिक कार ईभी६ क्रसओभर भारतमा लन्च गर्ने तयारी...
काठमाडौं – बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...