नेपाली मोटर स्पोर्ट्समा अब ई–रेसिङको प्रवेश, नेपाल सिम रेसिङ सिरिज हुँदै
काठमाडौं– नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ई–स्पोर्ट्स कमिसनले...
नासा नेपाल बागमती प्रदेश संघ र चितवन अटोमोबाइल डिलर एसोसिएसनको संयुक्त आयोजनामा देवघाट हलेशी माउन्ट एभरेष्ट मोटर र्याली सुरू भएकाे छ ।
भरतपुर म.न.पा. का उपमेयर चित्रसेन अधिकारी र नेपाल अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बरालले फ्ल्याग अफ गरेर र्यालीको शुभारम्भ गरे।
साे अवसरमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष लगायतका पदाधिकारि, नासा नेपालका पदाधिकारिहरु तथा चितवन अटोमोबाइल डिलर्स एसोसिएन र बागमती अटोमोबाइल एसोसिएसनका पदाधिकारि समेतको उपस्थिति रहेको थियो ।
नगर उप प्रमुख चित्रसेन अधिकारीले भ्रमण बर्ष सफल बनाउन र्याली महत्वपूर्ण भएकाे बताए ।
नासा बागमती प्रदेशका अध्यक्षसमेत रहेका चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष राजन पियाले टिडिएस र्यालीमा २५ देखि ३० जना ड्राइभर र अटो जिमखाना प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागि हुने जानकारी दिए ।
प्रत्येक दुई बर्षमा उक्त र्याली आयोजना गर्दै आइरहेकाे र विजेतालाई शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कारको व्यवस्था गरेको अध्यक्ष राजन पियाले बताए।
बैशाख ५ देखि ७ गते सम्म चल्ने उक्तर्याली टाइम (समय), डिस्ट्यान्स (दुरी), र स्पीड (गति) अर्थात टिडिएस र्याली अन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुन्छ ।
बिश्वमै अत्यन्तै शाहसिक र पृथक मानिएको मोटर स्पोर्ट्सको नयाँ विधा Auto Gymkhana र TSD Rally एक दशक देखि नेपालमा अत्यन्तै प्रचलनमा रहेकोे छ ।
काठमाडौं– नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ई–स्पोर्ट्स कमिसनले...
काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल...
काठमाडौं – काठमाडौं देखि मुस्ताङ सम्म बाइकरहरुको सम्मिलित हुने मोटरसाइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...