डेटलाइन असोज २८ : आयात प्रतिबन्ध खुल्ला ?

सरकारले खासगरी विदेशी मुद्रा सञ्चितिमा दवाव परेको कारण देखाउदै २०७९ बैशाख १४ गते देखि जिप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाउदै आएको छ । त्यस प्रतिवन्धलाई क्रमशः विस्तार गर्दे २०७९ को असोज २८ गतेसम्म पु¥याएको छ । तर हाल विदेशी मुद्रा सञ्चिति लगायत धेरै आर्थिक सुचकाङ्कहरु सकारात्मक अवस्थामा पुगेका छन् ।

देशलाई भन्सार विन्दुमा उठने परल मूल्य भन्दा दोब्बर राजस्व बुझाउदै देशको कुल कर राजस्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याउने नेपालको अटोमोबाइल क्षेत्र हो । अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाले खर्बौको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेको अटोमोबाइल व्यवसाय आज सरकारको उक्त अदुरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको बताएको छ ।

नाडा अध्यक्ष ध्रुव थापाले अब प्रतिबन्ध खुल्नु पर्ने र यसमा सबैको सहयोग हुनुपर्ने बताएका छन् । नेपालको कूल आयातमा निजी प्रयोजनका कार, जिप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत (१७ अरब मात्र) भन्दा कम रहेको प्राप्त तथ्याङ्कहरुबाटै स्पष्ट हुन्छ । तर यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अरव योगदान रहेको छ । नेपालमा पैठारी हुने हजारौ बस्तुहरु मध्ये कार, जिप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजस्व योगदान पु-याउने गर्दछ ।

यस तथ्यले नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुन्छ । यसै यथार्थताहरुलाई मनन गर्दे कार, जिप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि नाडाले सरकार र सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

बजारमा रोजाईका सवारी साधन नभएकै कारण इतिहासमै पहिलो पटक चाडपर्व खल्लो बनेको छ । सामान्य अवस्थामा करिव ४० प्रतिशत सवारी साधनको कारोबार चाडपर्वकै मौसममा हुने भए पनि यस पटक भने त्यसो भएन । नाडाले सधै गर्दै आएको नाडा अटो शो यस पटक गरेन । नाडा ईभी एक्सपो आयोजना गरे पनि यसबाट अपेक्षाकृत व्यवसाय चलायमान हुन सकेन ।

दसैं सकिएर अब तिहारको प्रतीक्षा भइरहेको तथा असोज २८ नजिकिदै गर्दा आयात प्रतिबन्ध खुल्ने र सवारी साधनको कारोबार पनि सहज हुने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।

सम्बन्धित समाचारहरू

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

पोखरा – पोखरामा बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि र...

अटोमोवाइल व्यवसायीहरुले भेटे अर्थमन्त्रीलाई, समस्याको समाधान गर्न सरकार तयार

अटोमोवाइल व्यवसायीहरुले भेटे अर्थमन्त्रीलाई, समस्याको समाधान गर्न सरकार तयार

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले हिजो उपप्रधानमन्त्री तथा...

नाडा अटो संवाद २०८१, नेपालमा मोबिलिटीको धारणामा क्रान्तिकारी परिवर्तन भएको भनाइ

नाडा अटो संवाद २०८१, नेपालमा मोबिलिटीको धारणामा क्रान्तिकारी परिवर्तन भएको भनाइ

काठमाडौं – पहिलो पटक भएको नाडा अटो संवादले नेपालमा अटोमोबाइल उद्योगलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...