रिकन्डिसन अटो व्यवसायीको शुभकामना आदान प्रदान सम्पन्न

काठमाडौं - नेपाल रिकन्डिसन अटो व्यवसायी संघको आयोजनामा हिजो दसै शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भयो । उक्त अवसरमा नेपालमा रिकन्डिसन व्यवसाय शुरुवात गर्ने १२ जना अग्रज रिकन्डिसन व्यवसायीहरुलाई सम्मानित गरियो ।

सम्मानित अग्रज अटो व्यवसायी सुरेन्द्रमान जोशीले यसरी धेरै समयपछि संघ पुन जुर्मुराएकोमा खुशी व्यक्त गर्दै आफूले संघलाई सधैं सहयोग गर्ने बताए ।

कार्यक्रमका संचालक माधव रिजालले छिट्टैं नैं सामाजिक उत्तरदायित्व बहन गर्नुका साथैं नाडा र यातायात कार्यालयसँगको सहकार्यमा यातायात कार्यालयमा रिकन्डिसन अटो व्यवसायीहरुलाई निःशुल्क पार्किङ र अन्य आवश्यक पर्ने सामग्री सहयोग गरिने बताए ।

कार्यवाहक अध्यक्ष रमेश कोइरालाले आगामी दिनहरुमा यातायात कार्यालयको समन्वयमा रिकन्डिसन व्यवसायीहरुको समस्या समाधान गर्ने र नयाँ कार्यसमिति समेत चाँडैं बनाउन सबैं व्यवसायीहरु एकजुट भई साथ दिन अनुरोध गरे ।

पुराना, रिकन्डिसन अर्थात सेकेन्ड ह्यान्ड कारको व्यवसाय गर्ने व्यवसायीहरु नेपाल रिकन्डिसन अटो व्यवसायी संघमा आवद्ध छन् ।

सम्बन्धित समाचारहरू

पहिलो पटक काठमाडौंमा ट्रक भित्रिदाको कथा : यस्तो छ प्रितम सिंहको अनुभव

पहिलो पटक काठमाडौंमा ट्रक भित्रिदाको कथा : यस्तो छ प्रितम सिंहको अनुभव

सन् १९५७ तिरको कुरा । पटनाबाट किस्तीमा गाडी जोडेर ल्याएको उनी सम्झिन्छन् ।...

भेइकल फिटनेस टेष्ट सेन्टर : कार्यालय छ, काम छैन

भेइकल फिटनेस टेष्ट सेन्टर : कार्यालय छ, काम छैन

काठमाडौं – काठमाडौंको टेकुमा अवस्थित भेइकल फिटनेस टेष्ट सेन्टर ९ वर्ष अघि...

गाडीमा प्रयोग हुने गियरबक्स : यस्तो छ प्रकार

गाडीमा प्रयोग हुने गियरबक्स : यस्तो छ प्रकार

गियरबक्स बिनाको गाडी कल्पना गर्नै सकिदैन । ड्राइभिङको अनुभव सीधै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...