याडिया प्रिमियम इलेक्ट्रिक स्कुटरमा दशैं अफरः २५ हजार नगद र दुई हेल्मेट तथा २ हजारको फुड भौचर

काठमाडौं – याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले चाडपर्वको अवसरमा याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरमा २५ हजार नगद छुट र दुई वटा हेल्मेट निःशुल्क दिने योजना सार्वजनिक गरेको छ ।

विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेका हौं’, कुजु नेपालका संचालक उमिद श्रेष्ठले भने ।

कम्पनीले यस बाहेक स्कुटर किन्ने ग्राहकलाई २ हजार रुपैयाँ बराबरको फुड भौचरको साथै ब्याज नलाग्ने स्किम पनि दिएको छ । जसमा कर्जा लिएको रकममा कुनै अतिरिक्त ब्याज लाग्ने छैन । एक वर्षको सडक दस्तुर, एक्सचेन्ज सुविधा र सहज फाइनान्स सेवा ग्राहकले पाउने छन् । यसबाट ग्राहकले प्रदूषणरहित विश्वस्तरिय इलेक्ट्रिक स्कुटर सहज तरिकाले पाउने छन् ।

कुजु नेपाल प्रालिले अहिले विभिन्न ४ भेरिएन्टमा इलेक्ट्रिक स्कुटर विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने स्लाइक सिंगल ब्याट्री भएको मोडलको मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको छ भने यसलाई फुलचार्जमा ६० किलोमिटर गुडाउन सकिन्छ । यसको टप स्पिड क्षमता भने ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

एस् लाइक मोडलकै डबल व्याट्री भेरिएन्टको मूल्य ३ लाख १० हजार रुपैयाँ रहेको छ । यसलाई फुलचार्जमा १२० किलोमिटर गुडाउन सकिन्छ भने यसको टप स्पिड क्षमता ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

त्यसैगरी याडिया जी ५ को मूल्य ३ लाख ३० हजार रुपैयाँ छ । ६० किलोमिटर प्रति घन्टाको स्पिडमा चलाउन सकिने यो स्कुटर एक पटकको फुल चार्जमा ८० किलोमिटर गुडाउन सकिन्छ । कम्पनीले विक्री गर्ने सबैभन्दा धेरै मूल्यको सि वान एस मोडलको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको पनि टप स्पिड र रेन्ज जी ५ को जस्तै रहेको छ ।

कम्पनीले सबै स्कुटरको ब्याट्री र मोटरमा २ वर्ष र चार्जरमा एक वर्षको वारेन्टी प्रदान गरेको छ ।

सम्बन्धित समाचारहरू

लिपमोटरले नोभेम्वरमा बेच्यो ७० हजार बढी ईभी, २०२६ मा १० लाख कार बिक्री गर्ने लक्ष्य

लिपमोटरले नोभेम्वरमा बेच्यो ७० हजार बढी ईभी, २०२६ मा १० लाख कार बिक्री गर्ने लक्ष्य

काठमाडौं – लिपमोटरले नोभेम्बरमा ७० हजार ३२७ सवारीसाधन बिक्री गर्दै नयाँ...

नयाँ एमजी कोमेट अब नेपालमा, उही मूल्यमा थप फिचर

नयाँ एमजी कोमेट अब नेपालमा, उही मूल्यमा थप फिचर

काठमाडौं – एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सिले नयाँ...

चीनले विकास गर्‍यो १२ मिनेटमै फुल चार्ज हुने ब्याट्री, इलेक्ट्रिक सवारीको भविष्यमा ठूलो फड्को

चीनले विकास गर्‍यो १२ मिनेटमै फुल चार्ज हुने ब्याट्री, इलेक्ट्रिक सवारीको भविष्यमा ठूलो फड्को

चीनले इलेक्ट्रिक सवारी क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...