मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द हुने
काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आज देखि असार...
दशैं नेपालीको जीवनमा केवल चाड मात्र होइन, भावनाको गहिरो सम्बन्ध र अनुभवसमेत हो । यसले घर आँगनमा भेटघाट, पारिवारिक एकता र रमाइलोको वातावरण ल्याउँछ । सामान्य दिनको तुलनामा चाडबाडको पूर्वसन्ध्यामा उपत्यकाका चार भन्ज्याङबाट बाहिरिने यात्रुको चापले थामि नसक्नुको हुन्छ । यस भीडलाई हेर्दा एउटा कुरो स्पष्ट हुन्छ ( हाम्रो सार्वजनिक यातायात प्रणाली अझै पर्याप्त, सुरक्षित र भरपर्दो बन्न सकेको छैन । यात्रुहरू भीडभाड, धकेलाधकेल र असुरक्षाबीच आफ्नो गन्तव्यतिर लाग्छन् । परिणामस्वरूप, सडकमा सवारी साधनको संख्या असामान्य रूपले बढ्दा दुर्घटनाको जोखिम पनि गुणात्मक रूपमा बढ्छ ।
गत वर्षको दशैँ अवधिमा देशभर १,१०० वटा सवारी दुर्घटना भए । दुर्घटनामा करिब १,६१८ भन्दा बढी सवारी साधन संलग्न रहे । ती दुर्घटनाले १०२ जनाको ज्यान लियो, सयौँलाई अपांगता वा पीडा दियो र हजारौँ घाइतेहरूलाई घरपरिवारसँगै रुवायो । त्यसैले, प्रश्न उठ्छ, के हामीले चाडपर्वलाई खुशीको पर्व मात्रै बनाउन सक्छौँ रु कि सडकमा रगत पोख्ने, पीडा बोकेर फर्किने पर्वलाई निरन्तरता दिन चाहन्छौँ रु यात्रुको सुरक्षालाई प्राथमिकता दिने निर्णय, जिम्मेवार यातायात प्रणाली र अनुशासित चालक बिना यो समस्या समाधान हुँदैन । दुर्घटनाको कारणलाई नजिकबाट हेर्दा एउटा कटु यथार्थ भेटिन्छ, सडकमा देखिने अधिकांश दुर्घटना हाम्रो आफ्नै लापरबाही र बेवास्ताको परिणाम हो ।
गति नियन्त्रणमा भन्दा क्षणिक उत्साह र हतारलाई बढी प्राथमिकता, जथाभाबी बाटो काट्दा, चढ्ने–ओर्लिने क्रममा ध्यान नदिँदा पनि दर्जनौँ दुर्घटना भएका छन् । त्यस्तै, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरेर सवारी चलाउने संस्कृतिले अझै पनि जीवनसँग खेलिरहेको छ । चालक वीचको अस्वस्थ प्रतिस्पर्धा, जथाभाबि उछिन्न खोज्ने प्रवृत्तिले पनि अनगिन्ती दुर्घटना निम्त्याएको छ ।
🚫के गर्नु हुँदैन ?
गाडीको छतमा नचढ्नुहोस्।
तीव्र गतिमा यात्रा नगर्न चालकलाई आग्रह गर्नुहोस्।
मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने कार्यलाई प्रतिकार गर्नुहोस्।
असुरक्षित अवस्थामा यात्रु नबन्नुहोस्।
✅के गर्नु पर्छ ?
यात्रा अघि गाडीको अवस्था जाँच गर्नुहोस्।
सवारी अनुमती पत्र बाहक र अनुभवी चालकको गाडी रोज्नुहोस्।
सडक सुरक्षा र ट्राफिक नियम, चिन्ह तथा संकेतलाई पालना गर्नुहोस्।
दुर्घटना देख्नासाथ १०० वा १०३ मा खबर गर्नुहोस्।
चाडपर्व मनाउनु हाम्रो संस्कार हो, तर सुरक्षा होसियारीसँग जोडिएको संस्कार पनि हो । यस वर्षको दशैं रमाइलो बनाउने हो भने, सुरक्षित यात्रा गर्ने बानी बसालौं। आफ्नो जीवन, आफ्ना प्रियजनको जीवन, तपाईंको सजगतामा भर पर्छ।
विष्णु थापा
प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय, अँधेरी, सिन्धुपाल्चोक
काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आज देखि असार...
काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण र सवारीको चापलाई व्यवस्थापन गर्न ६९...
त्यो सम्झनु पर्ने शुत्र हो – POWDERP = Petrol अर्थात इन्धनतपाइको इच्छित यात्रा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...