टीभीएसको मोटरसाइकल दराजमार्फत किन्ने पहिलो २० जनालाई थप ५,५०० छुट

काठमाडौं – नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स र दराज एपबीच व्यावसायिक सम्झौता सम्पन्न भएको छ ।

यस अनुसार दराज एपबाट टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सुरुवाती २० जनाले ५ हजार ५ सय रुपैयाँ बराबरको स्पेसल डिस्काउन्ट भौचर प्राप्त गर्न सक्ने छन् ।

यसका साथै बम्पर उपहारमा दराज एपबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने मध्ये एक जनाले टीभीएस आरटीआर १६० फोर भी सिंगल डिस्क मोटरसाइकल जित्न सक्ने छन् ।

जगदम्बा मोटर्स प्रालि र दराज एपबीच भएको सम्झौँता अनुसार आज अक्टोबर ५ देखि अक्टोबर १४ तारिखसम्म ‘दराज दशैं धमाका’ नामक स्किमममा टीभीएसका मोटरसाइकल खरिद गर्ने ग्राहकले यस्तो छुट प्राप्त गर्न सक्ने छन् ।

जगदम्बा मोर्टस प्रालिका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले जगदम्बा मोटर्स सधै ग्राहकलाई केही न केही नयाँ दिने प्रयासमा हुने गरेको र दसैं नजिकिएको र कोभिड १९ को असर लगायतका विषयम परिस्थितिसँग सबै जुधिरहेको समयमा पनि ग्राहकलाई केही थप सुविधा दिन दराजसँग मिलेर नयाँ स्किम ल्याएको बताए । यस स्किममा दराजबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई थप सुविधा घोषणा गर्न पाउँदा आफूहरु निकै खुसी र उत्साहित भएको समेत उनले बताए ।

कम्पनीले हाल संचालन गरेको ‘टिभिएस दसैंको आशा’ योजना अन्तर्गत दिइएको मोटरसाइकलमा ९ हजार छुट र स्कुटरमा ७ हजार छुटको स्किम ग्राहकले दराजमा पनि पाउने छन् ।

कम्पनीले हरेक हप्ता गर्दै आएको बम्पर लक्की ड्र मार्फत टीभीएस आरआर ३१० मोटरसाइकल जित्ने अवसर पनि ग्राहकले प्राप्त गर्नेछन् । यस लक्की ड्रमा सहभागिता जनाउन भने टीभीएसको मोटरसाइकल तथा स्कुटर किन्नु नै पर्छ भन्ने छैन । मोटरसाइकल तथा स्कुटर खरिद नगर्नेले पनि www.tvsnepal.com/Dashain मा गएर फारम भरेर सहभागी हुन सक्ने कम्पनीले बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...