कारको क्याबिनमा हानिकारक रसायन फेला, मानव शरीरमा क्यान्सर हुने सम्भावना
अमेरिकामा गरिएको हालैको एक अध्ययनले कार भित्रको हावाको गुणस्तरको बारेमा...
काठमाडौं – भारतको प्रतिष्ठित स्पेयर पार्ट्स ब्रान्ड ‘डकाई’ नेपाल भित्रिने भएको छ । केही दिन पहिले नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल भित्र्याएको आदिशक्ति ग्लोबल ट्रेडर्सले डकाई ब्रान्डका स्पेयर पार्ट्स समेत उपलब्ध गराउने भएको छ ।
आदिशक्ति ग्लोबल ट्रेडर्सका डाइरेक्टर पुरुषोत्तम पौडेल भन्छन्, ‘करिब एक साताभित्रै डकाई ब्रान्डका स्पेयर पार्ट्स बिक्रीका लागि उपलब्ध हुनेछन् ।’ टु ह्विलर र फोर ह्विलर सबै सेगमेन्टका सवारी साधनका लागि आवश्यक ब्रेक शु, ब्रेक प्याड, क्लच प्लेट, डिस्क ब्रेक प्याड र ब्रेक लाइनिङ जस्ता स्पेयर पार्ट्स उपलब्ध हुनेछन् ।
भारतको गुडगाउँ र राजस्थानमा प्रोडक्सन युनिट रहेको डकाई अटोमोटिभ प्रालिले उत्पादन गर्ने डकाई ब्रान्डमा आफ्नै स्पेयर पार्ट्स उत्पादन थालिएको थियो । यो भन्दा पहिले लामो समय देखि अन्य विभिन्न प्रतिष्ठित स्पेयर पार्ट्स ब्रान्डका लागि आफ्नो प्लान्टमा विभिन्न उत्पादन उपलब्ध गराउने गरेको कम्पनीको भनाइ छ ।
हाल डकाईका स्पेयर पार्ट्स नेपाल वाहेक युएई, श्रीलंका, केन्या र साउदी अरब लगायतका विभिन्न देशमा समेत उपलब्ध हुने गरेको कम्पनीको भनाइ छ ।
अमेरिकामा गरिएको हालैको एक अध्ययनले कार भित्रको हावाको गुणस्तरको बारेमा...
हेलमेट ट्राफिक नियमको अत्यावश्यक अंग भए पनि सेफ्टीका लागि यो झनै...
टाटा गाडीको आधिकारिक वितरक सिप्रद्धि ट्रेडिङ प्रालिले कमर्सियल भेइकलमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...