दाइहात्सुले सार्वजनिक ग-यो दुई नयाँ इलेक्ट्रिक मिनी कमर्सियल भ्यान, २५७ किमी रेन्जको दाबी

जापानी अटोमोबाइल निर्माता कम्पनी दाइहात्सु मोटरले आफ्ना दुई लोकप्रिय मिनी कमर्सियल भ्यानका इलेक्ट्रिक भर्सन सार्वजनिक गरेको छ। ई–हाइजेट कार्गो र ई–अट्राइ नाम दिइएका यी नयाँ इलेक्ट्रिक भ्यानले एक पटकको चार्जमा २५७ किलोमिटर दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ, जुन हालसम्मको मिनी कमर्सियल ईभी सेग्मेन्टमै अग्रणी मानिएको छ।

यी मोडलहरू सुरुमा आर्थिक वर्ष २०२३ मै बजारमा ल्याउने योजना भए पनि, सुरक्षा परीक्षणसँग सम्बन्धित अनियमितता (फ्रड) प्रकरण सार्वजनिक भएपछि दाइहात्सुको ईभी योजना ढिलाइ भएको थियो। लामो प्रतीक्षापछि अब यी विद्युतीय भ्यान सार्वजनिक गर्दै दाइहात्सुले मित्सुबिसी र निसानजस्ता प्रतिस्पर्धीलाई चुनौती दिने अपेक्षा गरेको छ।

टोकियोमा आयोजित सार्वजनिक कार्यक्रममा दाइहात्सुका अध्यक्ष मासाहिरो इनोएले भने, “धेरै समय कुर्नु परेकामा क्षमाप्रार्थी छौं, तर अब अन्ततः यी विद्युतीय भ्यान सार्वजनिक गर्न पाउँदा खुशी छौ ।” दाइहात्सुले यसअघि सन् २०२३ मे महिनामा जी–७ हिरोशिमा शिखर सम्मेलनसँगै आयोजित कार्यक्रममा यी भ्यानका प्रोटोटाइप प्रदर्शन गरेको थियो।

मिनी कमर्सियल ईभी बजारमा मित्सुबिसीले डिसेम्बर २०२३ मा मिनिक्याब ईभी ल्याएको थियो भने निसानले फेब्रुअरी २०२४ मा क्लिपर ईभी र होन्डाले अक्टोबर २०२४ मा एन–भ्यान ईः सार्वजनिक गरेका थिए।

दाइहात्सुका नयाँ ईभी भ्यानको २५७ किलोमिटर रेन्जले होन्डाको मोडलभन्दा १२ किलोमिटर बढी दूरी प्रदान गर्ने भएकाले यो सेग्मेन्टमै नयाँ मानक स्थापित हुने अपेक्षा गरिएको छ।

टोयोटा र सुजुकीसँग संयुक्त रूपमा विकास गरिएको दाइहात्सुको नयाँ ईभी प्रणालीमा ठूलो क्षमताको ब्याट्री प्रयोग गरिएको छ, तर इन्टेरियर स्पेसमा कुनै असर नपर्ने गरी अन्य कम्पोनेन्टको लेआउट परिवर्तन तथा सस्पेन्सन प्रणाली पुनः डिजाइन गरिएको छ।

तर मूल्यका हिसाबले यी भ्यानहरू सबैभन्दा महँगा बनेका छन्। आधारभूत संस्करणको मूल्य ३.१४ मिलियन येन अर्थात करिब २० हजार २०० अमेरिकी डलर तोकिएको छ। ठूलो ब्याट्री क्षमता र फास्ट चार्जरलाई स्ट्यान्डर्ड रूपमा समावेश गरिएकाले मूल्य बढेको कम्पनीको भनाइ छ।

ई–अट्राइलाई प्रिमियम विकल्पका रूपमा राखिएको छ, जसमा दुबै साइडमा पावर स्लाइडिङ ढोका दिइएको छ। यी दुवै मोडेल ओइटा प्रिफेक्चरस्थित कारखानामा उत्पादन गरिनेछन् र मासिक बिक्री लक्ष्य ३०० युनिट राखिएको छ।

दाइहात्सु परम्परागत रूपमा लाइट कमर्सियल भेइकलमा बलियो ब्रान्ड मानिन्छ। सन् २०२५ मा हाइजेट कार्गो र अट्राइका पेट्रोल संस्करणको बिक्री ८२ हजार ५२० युनिट पुगेको थियो, जसले कम्पनीलाई जापानको मिनी कमर्सियल भेइकल बजारमा शीर्ष स्थानमा कायम राखेको छ।

कम्पनीले आगामी दिनमा मिनी प्यासेन्जर ईभी विकासलाई पनि चुनौतीका रूपमा लिएको छ। दाइहात्सुले सन् २०३० सम्ममा सबै नयाँ सवारीसाधन हाइब्रिड वा फुल इलेक्ट्रिक बनाउने लक्ष्यमा मल्टी–पाथ रणनीति अपनाइरहने जनाएको छ।

सम्बन्धित समाचारहरू

सेगवे ई–स्कुटर किन्दा ७ उपहार पाइने

सेगवे ई–स्कुटर किन्दा ७ उपहार पाइने

काठमाडौँ – नेपालका लागि सेगवेको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं,...

एमएडब्लू वृद्धिले क्रिसमसको अवसरमा भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

एमएडब्लू वृद्धिले क्रिसमसको अवसरमा भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल...

जिली ईएक्स५ को २०२६ मोडल नेपाली बजारमा, थपिए यी नयाँ सुबिधा

जिली ईएक्स५ को २०२६ मोडल नेपाली बजारमा, थपिए यी नयाँ सुबिधा

काठमाडौं–जिली ईएक्स५ को नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...