युरोपेली कम्पनी डासियाले ल्यायाे सानाेे नयाँ इलेक्ट्रिक कार कन्सेप्ट

युरोपेली अटो कम्पनी डासियाले हालै डासिया हिप्स्टर नामक नयाँ इलेक्ट्रिक कार कन्सेप्ट सार्वजनिक गरेको छ, जुन सानो आकारमा भए पनि प्रिमियम सुविधा र प्रशस्त स्पेसले सुसज्जित छ।

डासिया हिप्स्टरको डिजाइन सादगीमा आधारित छ। यसमा अनावश्यक ओभरह्याङ हटाइएको छ र बल्की आकारमा प्रस्तुत गरिएको छ। पाङ्ग्राहरू गाडीको कुनामा राखिएकोले भित्री भागमा बढी स्पेस रहेको छ । अगाडिको भागमा नयाँ डिजाइनका हेडलाइट र पछाडि पूर्ण चौडाइको स्प्लिट टेलगेट दिइएको छ । पछाडिका लाइट ग्लास पछाडि राखिएको छ ।

सो सानो कारको लम्बाइ ३००० एमएम, उचाइ १५३० एमएम र चौडाइ १५५० एमएम रहेको छ। आकारमा सानो भए पनि यसको डिजाइनले गर्दा इन्टेरियरमा प्रशस्त स्पेस रहेको छ। कम्पनीका अनुसार, यसको तौल आफ्नो अघिल्लो मोडल स्प्रिङ ईभीको तुलनामा २० प्रतिशत कम छ ।

सो कारमा चार जना सजिलै बस्न सकिन्छ । पछाडिका सिटहरू फोल्ड गर्न सकिने भएकाले बुट स्पेस ७० लिटरबाट ५०० लिटरसम्म बढ्न सक्छ । साथै, सेफ्टीका लागि दुई एयरब्याग र ११ एङ्कर पोइन्ट पनि दिइएको छ ।

फिचरको हिसाबले, कम्पनीले हिप्स्टरमा अत्यधिक स्क्रिन र अनावश्यक प्रविधि हटाएको छ । यसमा प्रयोगकर्ताले आफ्नै स्मार्टफोनलाई डिजिटल की, नेभिगेसन डिस्प्ले, इन्फोटेनमेन्ट हब र अडियो स्रोतको रूपमा प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

शतप्रतिशत प्योर इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक हुँदै, विशेष कार्यक्रम गरिने

शतप्रतिशत प्योर इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक हुँदै, विशेष कार्यक्रम गरिने

काठमाडौं – रिडाराको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै...

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक लन्च गर्ने

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक लन्च गर्ने

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक निर्माण गर्ने योजना...

पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता

पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...